मगर बचत तथा कर्जा लगानी कोषको १३औँ वार्षिक साधारणसभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २३ आश्विन २०८१, बुधबार १२:३३

विदुर । नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति नुवाकोटद्वारा सञ्चालित मगर बचत तथा कर्जा लगानी कोषको १३औँ वार्षिक साधारणसभा असोज १९ गते शनिबार विदुरमा सम्पन्न भएको छ ।

कोषका अध्यक्ष विश्वराज जर्घा थापामगरको अध्यक्षतामा भएको वार्षिक साधारणसभाको उद्घाटन नेपाल मगर संघका केन्द्रीय सदस्य भगवान रानामगरले गरेका थिए । सो कार्यक्रममा नेपाल मगर सङ्घका जिल्ला अध्यक्ष बच्चुमाया सुनारीमगर, पूर्व जिल्ला उपाध्यक्ष महेन्द्र थापामगर, बागमती प्रदेश महिला सचिव शर्मिला थापामगर, बचत तथा ऋण लगानी कोषका संस्थापक सदस्य रामचन्द्र रानामगरलगायतले सहकारीको आवश्यकता र महत्वबारे धारणा राखेका थिए । कोषका सचिव ईश्वर थापामगरले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मी आलेथापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले ०७४/७५ देखि ०७९/८० सम्म बोनस नगद वितरण गर्दै संस्थागत प्रतिवेदन र आर्थिक प्रतिवेदनलाई पारित गर्दै सेयरपुँजी वृद्धि गर्ने निर्णय गरेको छ ।