सडक दुर्घटना न्यूनीकरणसम्बन्धी अभ्यास

  • त्रिशूली प्रवाह
  • २३ आश्विन २०८१, बुधबार १३:२८
  • सरस्वती न्यौपाने

धुन्चे । जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस जिल्ला शाखा, गोसाइँकुण्ड गाउँपालिका स्वास्थ्य शाखा र रसुवा अस्पतालका सहकार्यमा सडक दुर्घटनासम्बन्धी समुलेसन अभ्यास डेमोस्ट्रेसन अघिल्लो बुधबार सम्पन्न भएको छ । विपत् व्यवस्थापन समितिको सहयोग र सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म हेडक्वार्टर रसुवाको समन्वयमा भएको कार्यक्रममा पूर्वजानकारीबिना आउने विपत्ले पु¥याउने क्षतिको केही हदसम्म न्यूनीकरण गर्न सकिने जानकारी दिइयो ।

अविरल तथा अत्यधिक वर्षा, बाढीपहिरो, साँघुरो र घुम्ती सडक, यान्त्रिक गडबडीका कारण र मानवीय त्रुटिले हुन सक्ने सडक दुर्घटना न्यूनीकरणका लागि पूर्वतयारीस्वरूप समुलेसन अभ्यास सञ्चालन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले बताइन् । एउटा गाडी काठमाडौँबाट स्याफ्रुबेँसी जाँदै गर्दा धुन्चे मोडमा अनियन्त्रित भई सडकबाट खस्ने, गाडीका यात्रु घाइते भई पीडामा छट्पटाइरहेका अवस्थामा घाँस काटिरहेका स्थानीयवासीले देखेर तत्कालै सुरक्षाकर्मीलाई खबर गर्ने, सुरक्षाकर्मी घटना भएको थाहा पाई घटनास्थलमा पुग्ने र घाइतेको उद्धार गरी नजिकैको स्वास्थ्यचौकी र जिल्ला अस्पताल एम्बुलेन्समार्फत पु¥याउने काल्पनिक दृश्य बनाई आयोजकले सहभागीलाई प्रदर्शन गरेका थिए ।