+
Search

ताजा अपडेट +

पपुलर +

क्षतिग्रस्त सडक यथाशीघ्र सञ्चालन गरिने छ : प्रजिअ पौडेल

क्षतिग्रस्त सडक यथाशीघ्र सञ्चालन गरिने छ : प्रजिअ पौडेल
त्रिशूली प्रवाह
१ साल अगाडी
  • सरस्वती न्यौपाने

धुन्चे । दसैँका मुखैमा रसुवा सरूवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जिल्लाको शान्तिसुरक्षालाई मजबुत बनाउँदै आर्थिक-सामाजिक विकासमा सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गत असोज १७ गते सिडिओको पदभार सम्हाल्नुभएका पौडेलले सबैसँग मिलेर काम गर्ने समेत बताउनुभयो ।

Utsuk Books & Stationery
Satkar Machinery Center

पौडेलसँग स्थानीय विकास, अर्थ र गृह मन्त्रालयअन्तर्गतको जिम्मेवारी निर्वाह गर्दै निजामती सेवामा करिब २० वर्ष काम गरेको अनुभव छ । स्याङ्जा, वालिङ नगरपालिकामा स्थायी घर भई रसुवामा आएपछि जिल्लाका दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकले समग्र शान्तिसुरक्षाको अनुभूति गर्न, प्रशासन कार्यालयमा आउने नागरिकलाई सहज सेवा प्रवाह सुनिश्चित गर्न, सबै प्रकारका घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान गर्ने आफू लागिपर्ने उहाँले जनाउनुभयो । जिल्लामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने र नागरिकमैत्री सेवा प्रदान गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाइने उहाँको प्राथमिकता छ । प्रजिअ पौडेलले भन्नुभयो, “जिल्लाको समग्र सुशासन, सेवा प्रवाह, शान्तिसुरक्षा र विकास व्यवस्थापनमा स्थानीय तह, राजनीतिक दल, सङ्घसंस्था, पत्रकार, नागरिक समाज र सबै दलसँगको समन्वयमा सकारात्मक योगदान पुर्याउने छु ।”

Suzuki New Bike & Scooter

रसुवामा आएपछि सुरूमा उहाँले बजारको अनुगमन, सेवा प्रवाह तथा लागुऔषध नियन्त्रणसम्बन्धी पालिकासँगको अन्तरक्रिया, कारागार र प्रहरीचौकी निरीक्षण, जिल्लाका केही कार्यालयको निरीक्षणलगायत काम सम्पन्न गरी जिल्लाको वस्तुस्थिति बुझिरहनुभएको छ । वर्षात्मा क्षति भएका जिल्लाभित्रका सबै सडक यथाशीघ्र सञ्चालनमा ल्याइने जनाउँदै उहाँले चीनसँग आयातनिर्यात हुने सडकमार्ग वर्षात्ले पुर्याएको क्षति निरीक्षण गरेर चिनियाँ पक्षसँग छलफल गरी सञ्चालनका लागि आग्रहसहित पहल गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह