+
Search

ताजा अपडेट +

पपुलर +

लायन सहकारीको मुनाफा सवा सोह्र लाख

लायन सहकारीको मुनाफा सवा सोह्र लाख
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार । सत्र वर्षअघि स्थापना भएको लायन बचत तथा ऋण सहकारी संस्था लि. विदुर-२ बट्टारले आव २०८०/०८१ मा आयकर कटाएर बाँडफाँटयोग्य कुल मुनाफा रु. १६ लाख २५ हजार ७८ आर्जन गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सहकारीले अघिल्लो आव २०७९/०८० को भन्दा आव २०८०/०८१ म सेयरपुँजीमा रु. १६ लाख १६ हजार दुई सय वृद्धि गरेको व्यवस्थापक ज्ञानेश्वर अमात्यले बताए । आव २०७९/०८० मा रु. तीन करोड सात लाख ९१ हजार चार सय सेयरपुँजी रहेकामा आव २०८०/०८१ मा वृद्धि भई रु. तीन करोड २४ लाख ७६ हजार ६ सय सेयरपुँजी रहेको कोषाध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए । महिला ६ सय ३५ र पुरुष आठ सय ८९ सहित १५ सय २४ सेयर सदस्य रहेको लायन सहकारीले गत आवको असार मसान्तसम्म रु. १३ करोड ११ लाख ८३ हजार एक सय ७८ रुपैयाँ ऋण प्रवाह गरेको छ । त्यसैगरी, आव २०८०/०८१ मा सहकारीले रु. १५ करोड चार लाख ३५ हजार ३३ बचत संकलन गरेको थियो ।
सहकारीको १७औँ वार्षिक साधारणसभा शनिबार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उद्घाटन गरेको सो कार्यक्रममा नुवाकोट बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष नारायण श्रेष्ठ, संगम बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष केशव मिश्रलगायतले शुभकामना मन्तव्य दिएका थिए

Suzuki New Bike & Scooter

सो अवसरमा २०८०/०८१ को बचत कारोबारतर्फ अन्नतकुमारी लामिछाने र तुलसीदास रञ्जित, कर्जातर्फ उत्कृष्ट कारोबार गर्ने टेकबहादुर सडौला र प्रमोद बोगटी, बाल बचततर्फ वैकुण्ठ न्यौपानेको छोरा सुबोज न्यौपाने र दीपेन्द्र सापकोटाको छोरा सक्षम सापकोटा, २०८० को एसइई परीक्षामा सेयर सदस्यका छोराछोरीमध्येबाट विशिष्ट अङ्क ल्याउने दिनेश शाक्यकी छोरी आयुशा शाक्य, जुनाकुमारी डङ्गोलको छोरा विवश डङ्गोल र दीपकराज केसीकी छोरी दिलासा केसीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष कुवेरमान श्रेष्ठलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह