+
Search

ताजा अपडेट +

पपुलर +

हिमाली क्षेत्रको तापक्रम १-२ डिग्री सेल्सियससम्म बढ्न सक्ने

हिमाली क्षेत्रको तापक्रम १-२ डिग्री सेल्सियससम्म बढ्न सक्ने
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । त्रिभुवन विश्वविद्यालय भूगोल विभागद्वारा ‘नेपालमा जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभाव, अनुकूलनका उपाय र चुनौती’ विषयमा केन्द्रीय भूगोल विभागका प्राडा प्रेमसागर चापागाईंले गरेको अनुसन्धानको नतिजा शनिबार यहाँ सार्वजनिक भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

देशका हिमाल, पहाड, तराई तीनै क्षेत्र समेटी एएनएसओेको सहयोगमा नेपाल, भारत, चीन र बंगलादेशका विश्वविद्यालयहरूको सहकार्यमा गरिएको सो अनुसन्धान नुवाकोट जिल्लाको किस्पाङ र रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाको थुमनलाई कार्यक्षेत्र बनाई गरिएको जानकारी अनुसन्धानकर्ता प्राडा चापागाईंले दिए । उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापक्रम १–२ डिग्री सेल्सियससम्म बढ्न सक्ने र त्यसले कृषि क्षेत्रको बाहुल्य रहेको नेपालजस्तो देशका कृषकको अनुकूलन क्षमतामा प्रभाव पार्ने तथ्य अहिलेसम्म सार्वजनिक नभएकामा प्रस्तुत अनुसन्धानले उजागर गरेको छ । भूगोल विभागका सहप्राध्यापक डा. शोभा श्रेष्ठले जलवायु परिवर्तन सँगसँगै आउने अनुकूलनका चुनौती र त्यसको समाधानका विषयमा स्थानीय तहको भूमिकाका विषयमा प्रकाश पारेकी थिइन् ।

Suzuki New Bike & Scooter

कार्यक्रममा अनुसन्धानको नतिजाका विषयमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, नेपाली काङ्गे्रस नुवाकोटका उपसभापति राजु थापा, नेकपा (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्राडा शङ्कर भण्डारीलगायतले आफ्ना धारणा व्यक्त गरेका थिए । त्रिवि भूगोल केन्द्रीय विभागका प्रमुख प्राडा उमेशकुमार मण्डलको सभापतित्वमा भएको कार्यक्रममा नुवाकोट र रसुवाका जनप्रतिनिधि, शिक्षक, समाजसेवी, बुद्धिजीवी र सरोकारवाला कृषकसमेत गरी करिब ४० जनाको सहभागिता थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह