+
Search

ताजा अपडेट +

पपुलर +

बट्टारमा देवकोटाजयन्ती

बट्टारमा देवकोटाजयन्ती
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार । विदुर–४ बट्टार हावाघरस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमामा यही कात्तिक १५ गते स्थानीयवासीले माल्यार्पण तथा दीप प्रज्ज्वलन गरी उहाँप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

देवकोटा प्रतिष्ठानद्वारा देवकोटा चोकमा आयोजित उक्त कार्यक्रमको संयोजन प्रतिष्ठानका संयोजक एवं नुवाकोट आदर्श बहुमुखी क्याम्पसका सहप्राध्यापक नवराज अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विदुर-४ का पूर्ववडाध्यक्ष टलकमान श्रेष्ठ, अर्किड एकेडेमीका प्रिन्सिपल रामहरि रिमाल, स्थानीय शिक्षासेवी शिवकुमार मिश्र, समाजसेवी हरिशरण रिमाल तथा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यले देवकोटाको प्रतिमामा पुष्पगुच्छा अर्पण तथा दीपावली गरी देवकोटाले नेपाली साहित्यमा गरेको योगदानको स्मरण गरेका थिए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह