+
Search

ताजा अपडेट +

पपुलर +

हराएका दुई पर्यटकमध्ये एक सम्पर्कमा

हराएका दुई पर्यटकमध्ये एक सम्पर्कमा
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । हिमाल आरोहणका क्रममा रसुवा जिल्लाबाट हराइरहेका दुई पर्यटकमध्ये एक जना सम्पर्कमा आएका छन् । दुई साता अगाडि ठमेल काठमाडौंँ ट्रेकिङ कम्पनीमार्फत गोसाइँकुण्ड-३ को उच्चभाग समुद्र सतहदेखि सात हजार दुई सय ३४ मिटर उचाइ यालापिकमा हराइरहेका चेक रिपब्लिकका राहदानी नं ४६१५६३३०९ं का ५० वर्षीय मारेक होलेक शुक्रबार साँझ लाङ्टाङको क्याङ्जेन उपत्यकामा रहेको हायर गेस्ट हाउसको सम्पर्कमा आएको स्थानीय पर्यटन व्यवसायी रेन्जेन लामाले जानकारी दिनुभयो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

हराएका पर्यटक होलेक सम्पर्कमा आएको पुष्टि रसुवा जिल्लाका प्रहरी प्रमुख केशव भटृराइले गर्नुभयो । होलेकसँग गएका स्लोभाकियाका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय ओनरेज हुसेर्का भने बुधबारसम्म सम्पर्कविहीन छन् । हराएका दुई पर्यटकको शुक्रबार र शनिबार हवाई खोज उद्धारअन्तर्गत हिमाली उच्च भागमा ३० मिटरसम्म गहिरो खोँचसम्म पुगेको अल्टिच्युड एयरका वरिष्ठ पाइलट विवेक खड्काले बताउनुभयो । यसैबिच गोसाइँकुण्डको यात्राका क्रममा खुट्टामा चोट लागेर बिच बाटामै अलपत्र परेका जर्मनेली ४३ वर्षीय रोवर्ड जर्ज न्युवरलाई हवाई उद्धार गरिएको थियो । उनलाई अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत लौरीविनायकबाट उद्धार गरिएको पाइलट खड्काले बताउनुभयो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह