+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा सङ्घको पुँजीगत बजेट ३ महिनामा १० प्रतिशत खर्च

नुवाकोटमा सङ्घको पुँजीगत बजेट ३ महिनामा १० प्रतिशत खर्च
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । सङ्घीय सरकारबाट नुवाकोट जिल्लामा प्राप्त पुँजीगत बजेटमध्ये चालु आवको तिन महिनामा बल्ल बल्ल १० प्रतिशत खर्च भएको छ । सङ्घ सरकार मातहत जिल्लामा रहेका २७ कार्यालय र १२ पालिकाले तिन महिनाका अवधिमा नौ दशमलव ७४ प्रतिशत रकम मात्र खर्च गरेका हुन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

कोष तथा लेखा नियन्त्रक कार्यालय नुवाकोटका सूचना अधिकारी कोष नियन्त्रक युवराज डुम्रेका अनुसार जिल्लामा रहेका सङ्घ सरकार मातहतका बजेट पाउने पालिका र कार्यालयले चालु आव २०८१/०८२ का लागि विनियोजित बजेटमध्ये चालु र पुँजीगत शीर्षकमा २० दशमलव १५ प्रतिशत खर्च गरेका छन् । जिल्लाका लागि निकासा भएको रू सात अर्ब ४८ करोड ६० लाख ८३ हजार ७९ चालु बजेटमध्ये सो अवधिमा रू एक अर्ब ८२ करोड ३८ लाख ७८ हजार पाँच सय ८९ खर्च हुँदा २४ दशमलव ३६ प्रतिशत भएको उहाँले बताउनुभयो । त्यसैगरी सो वर्ष जिल्लामा विकास अर्थात् पुँजीगत बजेट रू दुई अर्ब ९३ करोड २९ लाख ३५ हजार निकासा भएकामा सो अवधिमा रू २८ करोड ५७ लाख ७२ हजार तिन सय ५४ मात्र खर्च हुँदा नौ दशमलव ७४ प्रतिशत भएको छ ।

Suzuki New Bike & Scooter

संघ सरकारबाट नुवाकोटमा प्राप्त बजेट र खर्चको विवरण :

जिल्लामा रहेका सङ्घ सरकारको बजेट पाउने कार्यालय र पालिकाले अघिल्लो आव २०८०/०८१ मा चालु बजेट २५ दशमलव ६ र पुँजीगत बजेट आठ दशमलव ८४ प्रतिशत खर्च गरेका थिए । दुवै शीर्षकमा गरी अघिल्लो आवमा २० दशमलव ९६ प्रतिशत खर्च भएको थियो । सो अवधिमा हरेक वर्ष खर्च कम हुने गरेको छ । पालिका र कार्यालयले गत वर्ष खर्चको लेखा परीक्षण समयमा गरेर बजेट माग गर्न ढिला गरेको र नीति तथा कार्यक्रम पारित र योजना तर्जुमा समयमा नगरेको तथा वर्षात्को समय भएकाले पनि खर्च कम भएको कोष नियन्त्रक डुम्रेले बताउनुभयो । सङ्घीयताका जगका रूपमा रहेका पालिका अर्थात् स्थानीय तहको पनि सो अवधिमा खर्चको प्रतिशत निराशाजनक छ । स्थानीय तहले चालु बजेटको १७ दशमलव ८८ प्रतिशत खर्च गर्दा पुँजीगत खर्च भने जम्मा १२ दशमलव ७५ प्रतिशत गरेका छन् ।

जिल्लाका १२ पालिकामध्ये सो अवधिमा पुँजीगत खर्च सबैभन्दा बढी ककनी गाउँपालिकाले १३ दशमलव दुई प्रतिशत र सबैभन्दा कम दुप्चेश्वर गाउँपालिकाले शून्य दशमलव सात प्रतिशत मात्र खर्च गरेको छ । दुप्चेश्वरले तिन महिनामा रू १८ लाख २१ हजार चार सय मात्र खर्च गर्न सकेको छ । पालिकामध्ये सबैभन्दा बढी खर्च गरेको ककनीले सो अवधिमा निकासा भएको बजेट रू १९ करोड ११ लाख ६२ हजारमध्ये रू दुई करोड ४९ लाख २७ हजार दुई सय पाँच खर्च गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह