+
Search

ताजा अपडेट +

पपुलर +

दशैंको लागि ल्याएको च्याङ्ग्रा अझै बिक्री भएन

दशैंको लागि ल्याएको च्याङ्ग्रा अझै बिक्री भएन
त्रिशूली प्रवाह
१ साल अगाडी
  • राजेन्द्र बस्नेत

बेत्रावती । दशैको लागि बिक्री गर्न चीनबाट ल्याएको चाङ्ग्रा व्यवसायीले छठसम्म पनि बिक्री गर्न सकेका छैनन् । रसुवाका व्यापारी लक्ष्मण न्यौपानेले घटस्थापनापछि काठमाडौंका बजारमा बेच्न असोजको पहिलो साता नै नेपाल पारी चीनको केरूङ च्याङ्ग्रा किनेका थिए । नेपालमा असोज महिनामा पानी परेजस्तै केरूङमा पनि पानी परेर बाटो अवरूद्ध भएकाले न्यौपाने समूहको च्याङग्रा सिमापारी नै रोकियो । च्याङ्ग्रा बाटोमा रोकिएन मात्र, ३० च्याङ्ग्रा मरेको र हराएको न्योपानेले बताए ।

रसुवा कालिका गाउँपालिकाका स्थानीय न्यौपानेको समूहमा सहोदर भाई दिवाकर न्यौपाने र नुवाकोटका ईश्वर भट्ट रहेका छन् । ४० वर्षदेखि खसी, बोका, भेडा, च्याङ्ग्राको व्यापार गरेका लक्ष्मण केरूङका गाउँवस्तीसँग परिचित छन् । उनी रसुवाका प्रायः गाँउमा परिचित छन् । यस पटक २ सय ३० वटा भेडा च्याङ्ग्रा खरिद गरेका थिए । मरेर बाँकी रहेका दुई सय च्याङ्ग्रा छठ सकिदा पनि बिक्री नहुँदा उनीहरू चिन्तित छन् । प्रति गोटा २५ सय नेपाली भन्सारमा तिरेर ल्याएको च्याङ्ग्रा रसुवाको कालिकास्थानमा ७/८ वटा र काठमाडौंमा १०/१२ वटा अझै बिक्री नभएको व्यवसायी लक्ष्मण न्यौपानेले बताउनु भयो । रसुवाबासी केरूङमा होटल व्यवसाय गरेर बसेकाले पनि हामीलाई सामान किन्न सहज छ भन्छन् लक्ष्मण । पैसा नेपाली चल्छ भाषा बुझिँदैन । हामी दोभासे राखेर सामान खरिद गर्छौं । यसपटक केरूङमै २५÷२६ हजार परेको छ । यसपालीदेखि भन्सार पनि प्रति गोटा गत वर्षको भन्दा एक हजार बढेको बताए ।

गत वर्ष प्रति गोटा १ हजार ५ सय च्याङ्ग्रा भेडाकोे भन्सार थियो । हामीले चीनको केरूङदेखि नुवाकोटको त्रिशूलीसम्म हिंडाएर ल्याएको र त्रिशूलीबाट गाडीमा काठमाडौं लगेको बताए । किन्ने मानिसको रोजाईअनुसार तौल गरेर वा अनुमान गरेर मोलमोलाईमा बेच्ने गरेको बताउने न्यौपाने समूहले तौल गरेर प्रति केजी १ हजार १ सय र हचुवा किन्नेलाई ३५ हजारबाट मुल्यमा बिक्री गरे । च्याङ्ग्रा उच्च पहाड तथा हिमाली क्षेत्रमा पालिन्छ । च्याङ्ग्रा जंगमा चर्ने भएकाले जडबुटी प्रजातिका घाँस खाएका र अन्न नभेटेका हुनाले नेपालमा खाइने मासुमा च्याङ्ग्राको मासु महँगो मानिन्छ । मानिसले सोखका लागि पनि च्याङ्ग्राको मासु खाने गरेको पाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह