धुन्चे । लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक गत हप्ता मृत भेटिएका छन् । हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई तेस्रो पटकको हवाई खोज उद्धारबाट फेला पारिएको हो ।
समुद्र सतहबाट एक हजार ७ सय मिटरका उचाइमा रहेको लिरूङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोँचमा वरिष्ठ क्याप्टेन विवेक खड्काको उद्धार समूहले पर्यटकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईले जानकारी दिनुभयो । शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनीसँगै गएका चेक रिपब्लिकका राहदानी नं ४६१५६३३०९१ का मारेक होलेसेक भने गत हप्ता सम्पर्कमा आएका थिए । ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत पठाइएका पर्यटकलाई न्यूनतम मापदण्ड पूरा गरे÷नगरेका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया