+
Search

ताजा अपडेट +

पपुलर +

नेका पूर्वसभापति अधिकारीलाई मातृशोक

नेका पूर्वसभापति अधिकारीलाई मातृशोक
त्रिशूली प्रवाह
८ महिना अगाडी

विदुर । नेपाली कांग्रेस नुवाकोटका पूर्वजिल्ला सभापति धु्रवप्रसाद अधिकारी र पूर्वसचिव सुरेन्द्रराज अधिकारीलाई मातृशोक परेको छ । उहाँकी आमा लोककुमारीको ९२ वर्षका उमेरमा आइतबार काठमाडौंँ, ग्रिनल्यान्डस्थित निवासमा निधन भएको हो ।

स्व अधिकारीका पूर्वसभापति धु्रव र सुरेन्द्रसहित बाबुराम, केशव, गोपी र राजेन्द्र छोराहरू तथा चार छोरी छन् । नुवाकोट जिल्ला साबिक दुईपिपल गाविस हाल बेलकोटगढी–६ दाहालथोकमा दाहाल परिवारमा जन्मनुभएकी लोककुमारीको विदुर नगरपालिका वडा नं ९ खिन्चेत केउरेनीका छविलाल अधिकारीसँग विवाह भएको थियो । उहाँको यही कात्तिक २४ गते नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । उहाँको किरियाकर्म भने विदुर–८ सुनाखेतीस्थित आफ्नै घरमा भइरहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह