धुन्चे । राष्ट्रिय युवा संघ नेपाल रसुवाले बुधबार रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई रसुवागढी नाकालाई व्यवस्थित गर्न ज्ञापनपत्र बुझाएको छ ।

युवा संघले ३ वटै सुरक्षा निकायको छुट्टाछुट्टै चेकपोष्ट राखी बेत्रावतीदेखि रसुवागढीसम्म १४ स्थानमा चेकजाँच गरी बाटामा हिडने मानिस हैरनी भएको पाईएकोले एकीकृत चेकपोस्ट राख्न माग गरेको छ । जिल्लाभित्र नेपाली सेना, सशस्त्र प्रहरी वल र जनपद प्रहरीको एकै ठाउँमा सुरक्षा जाँच गर्ने चेकपोष्ट राख्ने व्यवस्था गर्न संघले सुझाव दिएको छ । त्यसैगरी, रसुवा बाहिरका नागरिकलाई वितरण गरिएका केरूङ प्रवेश पास नविकरण गर्न पुर्णरूपमा बन्द गरियोस्, जिल्लावासी र व्यवसायी र यातायात मजदुर लाई ढुक्कसँग व्यवसाय गर्न निर्वाध आवतजावतको लागि छुट्टै चिन प्रवेशको व्यवस्था गरियोस् भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत् अध्यागमन कार्यालय टिमुरे र जिल्ला समन्वय समितिको समेत ध्यानाकर्षण गराएको छ । युवा संघका जिल्ला अध्यक्ष कुमार नगरकोटीले बुझाउनुभएको ८ बुँदे ज्ञापनपत्रमा केरूङ प्रवेश गर्ने एकदिने पासको व्यवस्था गर्नेलगायतको माग गरेको छ ।
प्रतिक्रिया