धुन्चे । रसुवा जिल्लास्थित कालिका–५ जिबजिबेमा रहेको नीलकण्ठ नमुना माध्यमिक विद्यालय अब नयाँ स्वरूपमा बन्ने भएको छ । पुरानो भवन भूकम्पले जीर्ण रहेको र जेनतेन जस्ताको टहरामा पढाइ भइरहेको अवस्थामा नौ वर्षपछि चीन सरकारको सहयोगमा सात रोपनी जग्गामा ६० कोठाको भवन रु. ८८ करोड बोलपत्र आह्वान गरेर निर्माण सुरु भई आर्थिक वर्ष २०६८/०६९ कै सम्झौताअनुसार २०८१ कात्तिक २६ गते प्रतिनिधिसभा सदस्य मोहन आचार्यले उद्घाटन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए । सो माविमा हाल चार सय ६० विद्यार्थी छन् । विद्यालयका लागि निःशुल्क जग्गादान गर्ने जितबहादुर तामाङलाई सम्मान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रभात लामा, प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक केशव भट्टराई, जिल्लामा क्रियाशील राजनीति दलका प्रमुख तथा प्रतिनिधि, संविधानसभा सदस्यद्वय जनार्दन ढकाल र प्रेम तामाङ, जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरे, कालिका गाउँपालिका प्रमुख हरिकृष्ण देवकोटा, नौकुण्ड गाउँपालिका प्रमुख नुर्पुसाङ्बो घले, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, विद्यालयका प्रधानाध्यापक नारायण देवकोटालगायत बुद्धिजीवी, सरोकार निकायको उल्लेखनीय सहभागिता थियो ।
प्रतिक्रिया