+
Search

ताजा अपडेट +

पपुलर +

जीविकोपार्जन सहज बनाउन तीन तालिम

जीविकोपार्जन सहज बनाउन तीन तालिम
त्रिशूली प्रवाह
९ महिना अगाडी

धुन्चे । लाङटाङमा दिगो पारिस्थितिकी प्रणाली जीविकोपार्जन (सेल) परियोजनाअन्तर्गत युएसएआइडी जलजङ्गलको आर्थिक सहयोगमा स्थानीय संस्था लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस)को आयोजनामा जीविकोपार्जनलाई सहज बनाउने तीन तालिम समापन भएका छन् ।

गोसाइँकुण्ड र नौकुण्डका १८ घरवास सञ्चालकलाई सदरमुकाम धुन्चेमा यही कात्तिक २५ देखि २७ गतेसम्म तालिम दिइएको थियो । मौरीपालन तालिम नौकुण्ड, कालिका र गोसाइँकुण्डका १८ कृषकलाई दिइएको ल्याकोसका अध्यक्ष सन्तोष घलेले जानकारी दिए । पर्यटन प्रवद्र्धनका लागि हस्तकला तथा उपहार सामग्रीको उत्पादन तालिमसमेत दिइएको छ । सो तालिम कात्तिक २६ देखि मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ । अन्य दुई तालिमको समापन गर्दै बागमती प्रदेश सभा सदस्य प्रभात तामाङले मानिसमा सीप र ज्ञान भए जसरी पनि बाँचिने बताए । जैविक विविधतासँगै जीविकोपार्जन अगाडि बढ्नेमा आफू विश्वस्त रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहको भनाइ छ । तालिम आर्थिकोपार्जनमा बहुपयोगी हुने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह