बट्टार । नुवाकोटको विदुर–२ मा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स १२औँ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको छ । संस्था स्थापनाको १२ वर्षअघि बट्टारमा राष्ट्रियस्तरको लघुवित्तका रूपमा खडा भएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले छोटो समयमा संस्थाले अवलम्बन गरेको कार्यशैली, रणनीति, ग्राहकको अगाध माया, अटुट विश्वास, नियमनकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदान तथा शुभचिन्तकप्रति कृतज्ञता प्रकट गर्दै संस्थाको छवि आजको दिनमा आइपुग्दा माइक्रोफाइनान्समा अब्बल रहेकामा खुसी व्यक्त गरे ।
सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारमा वित्तीय पहुँच पुयाएको संस्था १२औँ वर्षमा आइपुग्दा देशका ६४ जिल्लामा एक सय ४९ शाखा सञ्जालमार्फत एक लाख ५० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पु¥याउन सफल भएको छ । त्यसैगरी संस्थाले हालसम्म रु. तीन अर्ब ४० करोडबराबर निक्षेप सङ्कलन गरी रु. १५ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ । देशका सात वाणिज्य बैंक र एक विकास बैंकबाट संयुक्त रूपमा प्रवद्र्धन गरी २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा स्थापित संस्थाले ग्राहकसापेक्ष विभिन्न किसिमका बचत तथा कर्जा सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले कर्जातर्फ बिनाधितो सामूहिक जमानी कर्जा र धितो कर्जाअन्तर्गत विभिन्न किसिमका कर्जा सेवाका साथै बिमा र विप्रेषण सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैंकिङलगायत सेवा प्रदान गरिरहेको छ ।
संस्थाले यसरी आफ्नो कारोबार वृद्धि गर्दै जाँदा गर्न सक्ने जोखिम व्यवस्थापनलाई कुशलतापूर्वक व्यवस्थापन गरेको र साङ्गठनिक संरचना, आठ विभाग, सात प्रदेशस्तरीय प्रादेशिक कार्यालय तथा १९ अनुगमन स्टेसनमार्फत कार्यक्रमको प्रभावकारिता मापन गरी अग्रणी लघुवित्त सेवा प्रदायक संस्थाका रूपमा आफूलाई स्थापित गर्न सफल रहेको संस्थाले जिकिर गरेको छ ।






प्रतिक्रिया