विदुर । श्यामलेश्वर बहुउद्देश्यीय सहकारी संस्था लि. विदुर नगरपालिका–१ विदुरले एक वर्ष कर्जा असुली गर्ने प्रयोजनबाहेक शेयर सदस्यले शेयर रकम फिर्ता लिन नपाउने भएका छन् । शुक्रबार सम्पन्न सहकारीको २९औं वार्षिक साधारणसभाले देशभरीका सहकारीको लोकप्रियता घट्ने अवस्था सिर्जना हुँदै गएकोले २०८१ मंशिर १ देखि २०८२ पौष मसान्तसम्म शेयर सदस्यले शेयर रकम फिर्ता लिन नपाउने निर्णय गरेको सचिव सबिन राजभण्डारीले जानकारी दिनुभयो ।
सहकारीका अध्यक्ष तेजबहादुर प्याकुरेलले साधारणसभामा प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार ६४ महिला र १ सय ३६ पुरूषसहित २ सय शेयर सदस्य रहेका छन् । रू १ करोड ४४ लाख ४९ हजार ५ सय शेयरपुँजी रहेको सहकारीले राष्ट्रिय सहकारी बैंकमा १० लाख १० हजार र जिल्ला सहकारी संघमा रू ३ लाखसहित रू १३ लाख १० हजार शेयरपुँजीबाट लगानी गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले आव २०८०/०८१ को आषाढ मसान्तसम्ममा बचत संकलन रू ३ करोड ५८ लाख ८५ हजार ४ सय २० मध्ये बचत फिर्ता रू ३ करोड ७९ लाख ५८ हजार २ सय १८, गत आवको मौज्याद रू २ करोड ८३ लाख ३२ हजार १ सय ६५ समेत गरी रू २ करोड ९२ लाख ५९ हजार ८ सय १७ मौज्याद रहेको सभामा जानकारी गराईयो । गत आवमा सहकारीले रू ६८ लाख ८७ हजार ७ सय २३ कर्जा लगानी रू २ करोड १५ लाख २० हजार २ सय ३५, कर्जा असुली भई गत आवमा रू १ करोड ४६ लाख ३२ हजार ५ सय १२ समेत गरी रू ३ करोड ८६ लाख २१ हजार ६ सय ५३ लगानी गरेको छ । साधारणसभाले सहकारीमा रू २५ हजार भन्दा बढी शेयर भएका सुत्केरी महिला सदस्यलाई बढीमा दुई पटकसम्म ५ हजार पोषणभत्ता र मृत्यु भएमा आर्थिक सहयोग तथा राहत पु¥याउने गरी रू ५ हजार समवेदनापत्र सँगै दिने गरी चालु आवदेखि सञ्चालनमा ल्याउने निर्णय समेत गरेको छ ।
सहकारीले आव २०८१/०८२ लाई खराव कर्जा असुलीको वर्ष मनाउने निर्णय गरेको प्रमुख व्यवस्थापक मधुप्रसाद लम्सालले बताउनु भयो । २०५२ सालमा दर्ता भई स्थापना भएको सहकारी २०५८ सालदेखि सक्रियरूपले सञ्चालनमा आएको सहकारीको सञ्चालक समिति अध्यक्षमा तेजबहादुर प्याकुरेल, उपाध्यक्षमा गणेशबहादुर शाही, सचिवमा सबिन राजभण्डारी, कोषाध्यक्षमा नारायणकुमार डंगोल, सदस्यमा आत्माकुमार शाह, मुरलीप्रसाद थपलिया र मुकुन्दप्रसाद ढुंगाना रहेका छन् । सहकारीको लेखा तथा सुपरिवेक्षण समितिको संयोजक रामेश्वर अर्याल र सदस्यमा पशुपति पुडासैनी, रामकुमार बोगटी रहेका छन् । त्यसैगरी, सहकारीको सल्लाहकारमा विष्णुप्रसाद लम्साल, रामकृष्ण राजभण्डारी, कूलबहादुर बोगटी र इन्द्रराज शाक्य रहेका छन् ।