त्रिशूलीबजार । नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं ९ कोलनी र वडा नं १ त्रिशूलीबजारमा रहेको सुजिम बजारले सञ्चालन गरेको ‘दसैँ तिहार रमाईलो’ योजनामा सहभागी यशोदा नेपालीले बम्पर उपहार जितिन् । भाग्यशाली उपहार योजना कार्यक्रमको नतिजा मङ्सिर १ गते कम्पनीको केन्द्रिय कार्यालय कोलेनीबाट सरोकारवाला निकायको उपस्थितीमा खोलिएको थियो ।
उक्त योजनामा सबै सहभागी कुपनमध्येबाट आठ भाग्यशाली ग्राहकको नाम सार्वजनिक भएको छ । गत असोज १५ गतेदेखि कार्तिक महिनासम्म लागू गरेको दसैँ तिहार रमाईलो योजना अन्तर्गतको कुपन विजेतालाई सहभागी गरिएको थियो । योजनाबाट ग्राहकले एक हजार रूपैँया बराबरको खरिदमा एक कुपन प्राप्त गर्न सकिने योजना थियो । सोहि योजनाअन्तर्गत यशोदा नेपालीले रू १ लाख ८ हजार ७ सय ४० बराबरको बम्पर उपहार प्राप्त गरेको सुजिम बजारका निर्देशक सुजिम श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी, प्रविणा तामाङ (द्वितीय) ले रू ६९ हजार ९ सय ६५, शर्मिला घले (तृतीय) ले रू ५० हजार ३ सय ३८, विष्णु तामाङ (चौथौं) ले रू २६ हजार ४ सय ६ बराबरको उपहार प्राप्त गरेका छन् । यस्तै, सुकमाया घले (पाचौँ) ले रू २० हजर ४ सय ६, माया घले (छैठौं) ले रू १५ हजार २ सय ७२, शान्ति तामाङ (सातौँ) ले रू १० हजार ९४ र ऐश्वर्या तामाङ (आठौँ) ले रू ८ हजार ६ सय २८ बराबरको उपहार प्राप्त गरेका छन् ।
विजेताले कुपनको अर्धकट्टीसहित स्वयं उपस्थित भई उपहार प्राप्त गर्न सकिने निर्देशक श्रेष्ठले बताउनु भयो । यसैगरी, दिपेन जोशी, कविन्द्रमान प्रधान, प्रकाश खड्का, चिनीमाया तामाङ र चन्द्रमाया तामाङले आकर्षक उपहारको भौचर कुपन प्राप्त गरेका छन् । चाडपर्वका बेला ग्राहलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै उक्त योजना लागू गरिएको कम्पनीले जनाएको छ । साथै, आगामी दिनमा पनि ग्राहकको सन्तुष्टि र सुजिम बजारमा प्रेरित गर्न यस्ता किसिमका उपहार कार्यक्रम आयोजना गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।






प्रतिक्रिया