+
Search

ताजा अपडेट +

पपुलर +

क्रसर व्यवसायी महासंघको सह-कोषाध्यक्षमा नुवाकोटका विनोद निर्वाचित

क्रसर व्यवसायी महासंघको सह-कोषाध्यक्षमा नुवाकोटका विनोद निर्वाचित
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको १०औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेंशन गत हप्ता महोतरी जिल्लाको बर्दीबासबजारमा सम्पन्न भयो । उक्त अधिवेंशनबाट नुवाकोटका क्रसर तथा खानी उद्योग व्यवसायी विनोदराज श्रेष्ठ सह–कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

बर्ड स्टोन क्रसर उद्योग प्रा.लि. विदुर–५ नुवाकोटका सञ्चालक, पूर्व अध्यक्ष श्रेष्ठ महासंघको पदाधिकारीमा निर्वाचित भएका हुन् । नुवाकोटबाट महासंघको पदाधिकारीमा निर्वाचित हुने श्रेष्ठ पहिलो हुन् । अधिवेंशनबाट महासंघको अध्यक्षमा पुनः सिताराम न्यौपानेसहित २१ सदस्य नयाँ कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित भएका छन् । अधिवेंशनबाट तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्रमणी अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रामनारायणप्रसाद यादव, वागमती प्रदेशबाट धादिङका देवराज लुइँटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट मिनबहादुर शाही निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा देवराज तामाङ चुनिनुभएको छ भने सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । साथै, सह–सचिवमा बुद्धिप्रसाद आचार्य, कोषाध्यक्षमा वेचनठाकुर वरही र सह–कोषाध्यक्षमा विनोदराज श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यमा हुमनाथ पौडेल, कुमार गिरी, तिलप्रसाद पाठक, अनोदकुमार देवकोटा, विकासनारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशीकुमार यादव, सन्तोष यादव निर्वाचित भएका छन् । महासंघको अध्यक्षमा पुन निर्वाचित भएसँगै न्यौपानेले क्रसर व्यवसायका अधिकांश समस्या अघिल्ला तीन वर्षमा सरोकारवाला निकायलाई अवगत गराएको र आगामी तीन वर्ष त्यस्ता समस्या समाधान गर्न थप मेहनत गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह