काहुँले । किस्पाङ गाउँपालिकाले गहुँको उन्नत बिउ वितरण गरिरहेको छ । ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बिउ वितरण भईरहेको किस्पाङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुव्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
समूह, सहकारी र कृषक समूह गरी सूचिकृत भएका ८१ जनाबाट माग भएबमोजिम उन्नत गहुँको बिउ वितरण गरिरहेको हो । कृषि शाखाले २४ सय केजी यस क्षेत्रको हावापानीमा उत्पादन हुने गौतम र डब्लुडब्लु १२ सय ४ जातको बिउ खरिद गरेर वितरण गरिरहेको छ । खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान (संघीय सरकारको सशर्त कार्यक्रम) अनुसार ५० प्रतिशतमा गहुँको बिउ बाँडीएको पालिकाले जनाएको छ । पुरानो बिउलाई प्रतिस्थान गरी उत्पादनमा बृद्धि गर्ने उद्देश्यले विगत वर्षदेखि नै अनुदानमा गहुँ वितरण गरिरहेको कृषि प्राविधिक ज्ञानेन्द्र गिरीले बताउनु भयो । ४ सय रोपनी क्षेत्रफलमा पुग्ने गरेको बिउ वितरण गरी ६० मेट्रिकटन उत्पादन गर्ने लक्ष्य पालिकाले बनाएको छ । गहुँको बिउ अनुदान दिन थालेपछि खेती नगरिएका बाँझो जग्गामा समेत गहुँ खेती शुरू भईरहेको पालिका उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।
प्रतिक्रिया