+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं–त्रिशूली रूटमा विद्युतीय गाडी थपियो

काठमाडौं–त्रिशूली रूटमा विद्युतीय गाडी थपियो
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । त्रिशूली यातायात प्रालिको विद्युतीय गाडी सञ्चालनमा आएको छ । हालै दर्ता भएको त्रिशूली यातायात प्रालिले मङ्सिर १ गते शनिबारदेखि त्रिशूली–छहरे हुँदै काठमाडौंसम्म चल्ने १० वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएर सुरुवात गरेको छ ।

त्रिशूली यातायात प्रालिका अध्यक्ष सन्तोष उप्रेतीका अनुसार राजधानीसँग नजिक रहेको नुवाकोट र रसुवा जिल्लाका ग्रामीण क्षेत्रलाई लक्षित गरी थप गाडी ल्याउन लागिएको छ । लामो समयदेखि एकलौटी रूपमा यातायात सेवा सञ्चालन गर्दै आएको पासाङल्हामु यातायात सेवा प्रालि र टिमुरे यातायात सेवा प्रालिबाहेक थप एक कम्पनीले पनि नुवाकोट र रसुवाका लागि यातायात सेवा सुरु गरेको छ । नुवाकोट जिल्लाका प्रतिष्ठित व्यवसायीको सहभागितामा त्रिशूली यातायात प्रालिले नागरिकको सल्लाहअनुसार भाडादर निर्धारण गरी सेवा दिन लागेकोसमेत अध्यक्ष उप्रेतीले बताए । छहरे–टोखा सडक पूर्ण रूपमा कालोपत्र भएसँगै यातायात सञ्चालनका लागि सहज भएको छ । जसले गर्दा साना सवारीसाधनतर्पm यात्रुको आकर्षक बढ्दै गएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह