+
Search

ताजा अपडेट +

पपुलर +

तीन महिनामा १८ लाख ट्राफिक राजस्व सङ्कलन

तीन महिनामा १८ लाख ट्राफिक राजस्व सङ्कलन
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा रु. १७ लाख ६३ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को चौमासिकमा कार्यालयले रु. ५० लाख २२ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । गत आवमा भन्दा चालू आवमा रु. ३२ लाख ५९ हजार राजस्व कम सङ्कलन भएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

ट्राफिक कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक आसुतोषबहादुर शाहीका अनुसार चार महिनाको अवधिमा १६ सय १९ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । साउनमा एक सय ३१ वटा ट्रक तथा टिपर, ८९ वटा बस, एक सय पाँचवटा कार, जिप, भ्यान, १० वटा ट्र्याक्टर, एक सय ४४ वटा मोटरसाइकल, स्कुटर, १६ वटा अन्य (टेम्पो) गरी कुल चार सय ९५ वटा सवारीसाधनलाई कारबाही गर्दा रु. पाँच लाख २० हजार पाँच सय राजस्व उठेको छ । त्यसैगरी, कार्यालयले भदौमा ९१ वटा ट्रक, टिपर, ३३ वटा बस, एक सय २२ वटा कार, जिप, भ्यान, दुईवटा ट्र्याक्टर, एक सय ८३ वटा बस, एक सय २२ वटा कार, जिप, भ्यान, दुईवटा ट्र्याक्टर, एक सय ८३ वटा मोटरसाइकल, स्कुटर, दुईवटा टेम्पो गरी कुल चार सय ३३ वटा सवारीसाधनलाई कारबाही गर्दा रु. चार लाख ३७ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । कार्यालयले चालू आवको असोजमा ७२ वटा ट्रक, टिपर, ५१ वटा बस, ९० वटा कार, जिप, भ्यान, एक सय १३ वटा मोटरसाइकल, स्कुटर, एउटा अन्य सवारीसाधन गरी कुल तीन सय २७ लाई कारबाही गर्दा राजस्व रु. तीन लाख ५८ हजार सङ्कलन भएको थियो ।

Suzuki New Bike & Scooter

त्यस्तै, जिल्लामा चालू आवको चार महिना सवारी कारबाहीको सङ्ख्या केही घटेको छ । चालू आवको कात्तिकमा एक सय चारवटा ट्रक, टिपर, ५० वटा बस, ९३ वटा कार, जिप, भ्यान, एक सय १६ वटा मोटरसाइकल, स्कुटर र अन्य एक सवारीसाधन गरी कुल तीन सय ६४ कारबाहीमा परेका थिए । ती कारबाहीमा परेका सवारीसाधनबाट रु. चार लाख ४७ हजार पाँच सय राजस्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । सवारीसाधनको बढ्दो चापसँगै पछिल्ला वर्षमा राजस्व सङ्कलनको दर पनि बढ्दै गइरहेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । ट्राफिक कार्यालयले चाडपर्वको बेला बढी भाडा असुल्ने १७ सवारीसाधनबाट दुई सय १६ यात्रुको रु. ३२ हजार चार सय भाडा फिर्ता गरेको र रु. २४ हजार चेकजाँचको क्रममा राजस्व सङ्कलन भएको जानकारी दिएको छ । सवारी चेकजाँचको क्रममा सडक इजाजत (रूटपरमिट) नभएका तथा भाडा बढी लिएको कसुरमा एउटै सवारीसाधन पटक–पटक पाइएकाले रु. पाँच हजारसम्म जरिवाना गरी केहीलाई भाडा बढीको कारबाही गरी केहीलाई सम्झाई–बुझाई गरी पठाइएकोसमेत कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह