+
Search

ताजा अपडेट +

पपुलर +

हस्तकला सामग्री बनाउने तालिम

हस्तकला सामग्री बनाउने तालिम
त्रिशूली प्रवाह
८ महिना अगाडी

धुन्चे । रसुवा जिल्लाको गोसाइँकुण्ड नगरपालिका-६ धुन्चेमा युएसएआइडीको जल, वन कार्यक्रममार्फत र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (ल्याकोस) आर्थिक सहयोगमा पर्यटन प्रवद्र्धनका लागि हस्तकला सामग्रीसम्बन्धी सातदिने तालिम सम्पन्न भएको छ ।

तालिम कात्तिक २६ देखि सुरु भई मङ्सिर १ सम्म सञ्चालन भएको थियो । तालिममा नौकुण्ड गाउँपालिका–६ की ६० वर्षकी मेन्दा तामाङसहित २० जना सहभागी रहेका थिए । उमेरले ६० कटे पनि केही गर्ने, केही सिक्ने इच्छाले तालिममा सहभागी भएको मेन्दाले त्रिशूली प्रवाह साप्ताहिकलाई बताइन् । ल्याकोसको अध्यक्ष सन्तोष घलेले कात्तिक २६ देखि मङ्सिर १ गतेसम्म ३० धुन्चे, स्याफ्रु, वृद्धिम, नौकुण्डका ३० जना स्थानीय किसानलाई रेडपाण्डा संरक्षण, जैविक विविधता संरक्षण र जीविकोपार्जनलाई सहज बनाउन तालिम प्रदान गरिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह