कालिकास्थान । रसुवा जिल्लाको कालिका गाउँपालिका-२ च्यानडाँडामा वीरबहादुर गोलेको घरमा मङ्सिर १ गते साँझको समयमा खाना पकाउने ग्यास सिलिन्डर चुहिएर भएको आगलागीबाट करिब १० लाखबराबरको क्षति भएको छ । उक्त आगलागीबाट मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका इन्चार्ज पान्नालालप्रसाद यादवका अनुसार गोलेको घरमा आगलागी भएको र सो समयमा खाना पकाउने बेला सिलिन्डर चुहिएर आगलागी भएपछि लत्ताकपडा, खाद्यान्न, गरगहना, भाँडाकुँडालगायत घर पूरै जलेको छ । आगलागीबाट गोलेले बताएअनुसार अन्दाजी रु. १० लाखबराबरको क्षति भएको छ । मानिस, पशु चौपायालाई केही नभएको र आगलागी भयो भन्ने खबर पाउनासाथ कालिकास्थानमा रहेको नेपाल प्रहरी, नेपाली सेना, स्थानीय घटनास्थलमा पुगी आगो निभाइएको र उक्त घरका परिवारलाई सुरक्षित स्थानमा राखिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।