+
Search

ताजा अपडेट +

पपुलर +

आइतबार उपनिर्वाचन वागमतीका सात पदमा १०२ जना

आइतबार उपनिर्वाचन वागमतीका सात पदमा १०२ जना
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर। आइतबार हुने स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत बागमती प्रदेशका चार जिल्लाका पाँच स्थानीय तहको रिक्त स्थानमा १ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । प्रदेशको रिक्त रहेको नगरप्रमुख, गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षसहित सात स्थानमा उपनिर्वाचन हुँदैछ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

स्थानीय तह उपनिर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको कीर्तिपुर नगरपालिकाको प्रमुख, कीर्तिपुर नगरपालिका वडा नम्बर १ र ४ को वडाध्यक्ष तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको छ । यस्तै, दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष, हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष र नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने बागमती प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Suzuki New Bike & Scooter

वागमती प्रदेश निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालले दिएको जानकारीअनुसार उपनिर्वाचनमा बागमती प्रदेशमा ७९ हजार ८१ जना मतदाता रहेका छन् । निर्वाचन कार्यतालिकाअनुसार प्रदेशको चार जिल्लाको पाँच स्थानीय तहको सात स्थानमा हुने निर्वाचनमा एक सय दुई जना प्रतिस्पर्धामा रहेका छन् । तीमध्ये दुईजना अन्य, २१ जना महिला र ४६ जना स्वतन्त्र उम्मेदवार छन् । रिक्त रहेको नगरप्रमुख, गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षसहित सात स्थानमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका नगरप्रमुख पद र काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि सबैभन्दा बढी स्वतन्त्रको ११–११ जनाको उम्मेदवारी परेको छ ।

स्थानीय तह उपनिर्वाचनअन्तर्गत काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिका नगरप्रमुखका लागि २० जनाको उम्मेदवारी दर्ता भएकोमा सबै पुरुष मात्र रहेका छन् । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा एक महिलासहित नौजनाको उम्मेदवारी दर्ता भएकोमा तीमध्ये तीनजना स्वतन्त्र छन् । कीर्तिपुर नगरपालिकाकै वडा नम्बर ४ को वडाध्यक्षमा दुई महिला, एक अन्यसहित १३ जनाको उम्मेदवारी दर्ता भएकोमा आठजना दलबाट र पाँचजना स्वतन्त्र उम्मेदवार छन् । यस्तै काठमाडौँ महानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि दुई महिलासहित १९ जनाको उम्मेदवारी दर्ता भएको छ । दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्ष पदमा १२ महिला र चार पुरुषसहित १६ जनाको उम्मेदवारी दर्ता भएकोमा तीमध्ये नौजना स्वतन्त्र रहेका छन् । यसैगरी हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा तीन महिलासहित १४ जनाको उम्मेदवारी दर्ता भएकोमा तीमध्ये पाँचजना स्वतन्त्र रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उता नुवाकोट जिल्ला ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा एक महिलासहित ११ जनाको उम्मेदवारी दर्ता भएकोमा तीमध्ये दुईजना स्वतन्त्र उम्मेदवार छन् । ककनी–२ मा २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित तिलक लामाको गत वर्ष मृत्यु भएपछि रिक्त रहेको उक्त स्थानमा निर्वाचन हुन लागेको छ । निर्वाचनमा नेपाली काँग्रेसबाट सुर्य तामाङ, नेकपा नेकपा (एमाले) बाट यमबहादुर लामा, नेकपा (माओवादी केन्द्र) बाट कृष्ण घिमिरे, नेकपा (एकीकृत समाजवादी) बाट मानबहादुर लामा (तामाङ), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खेमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मंगलसिद्धि लामा ९तामाङ०, नेपाल मजदुर किसान पार्टीबाट माईलीमाया तामाङ, नागरिक उन्मु्क्ति पार्टीबाट अमृत तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट किरण तामाङ र रमेश पुडासैनी, सोनु तामाङ स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह