धुन्चे । रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं १ ग्राङबाट मङ्सिर ६ गते बिहीबार दुई किलो सुनसहित एकजना पक्राउ परेका छन् ।
गोसाइँकुण्ड गाउँपालिका तीन बस्ने ३४ वर्षिय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरिक्षक केशव भट्टराईले जानकारी दिनुभयो । प्रनाउ भट्टराईले दिएको जानकारीअनुसार कालिकातर्फ जाँदै गरेको वागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो । थप आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभाग काठमाडौंमा सुनसहित लामालाई पठाइएको प्रनाउ भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया