+
Search

ताजा अपडेट +

पपुलर +

उद्योग दिवसमा पाँच उद्यमी सम्मानित

उद्योग दिवसमा पाँच उद्यमी सम्मानित
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । दसौँ उद्योग दिवसका अवसरमा उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटले पाँच उद्यमीलाई सम्मान गरेको छ । आइतबार आयोजित कार्यक्रममा उद्यमीलाई सम्मान गरिनाका साथै आइतबार र सोमबार कार्यालयका प्राङ्गणमा जिल्लामा उत्पादित सामान प्रदर्शनीसमेत गरिएको थियो ।

Utsuk Books & Stationery

सम्मानित उद्यमीमा रमेशकुमार बस्नेत जलेश्वरी बाख्रा फर्म तादी–३, ज्ञानु तामाङ ज्ञानु लप्सी क्यान्डी उद्योग विदुर–१२, प्रकाश तामाङ वाइवा कृषि फर्म म्यागङ–३, उपेन्द्र बुढाथोकी बागमती ग्याबिन बक्स प्रालि विदुर–१० भैँसे र कान्छीमाया तामाङ नमुन्चेत कृषि फर्म ककनी–२ हिले भित्ता छन् । जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले उद्यमीलाई सम्मान गर्दै उत्पादित सामग्री बजारीकरण गर्न सहयोग र समन्वय गरिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, सम्मानित उद्यमीमध्येबाट बागमती ग्याबिन प्रालिका बुढाथोकी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला लघु उद्यमी सङ्घका अध्यक्ष गीता थापा, घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष रामकृष्ण राजभण्डारी, नुवाकोट चेम्बर अफ कमर्सका अध्यक्ष कवीन्द्रमान प्रधानलगायतले जिल्लाको उद्योगवाणिज्यका अवस्थाबारे धारणा राख्नुभएको थियो । स्थानीय उत्पादनको प्रचारप्रसार र उद्यमीको मनोबल बढाउने उद्देश्यले दुईदिन औद्योगिक प्रदर्शनी गरिएको कार्यालय प्रमुख किशोर सापकोटाले बताउनुभयो । प्रदर्शनीमा ३० उद्यमीद्वारा उत्पादित सामग्री राखिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह