+
Search

ताजा अपडेट +

पपुलर +

त्रित्रि बहुमुखी कलेजप्रति विद्यार्थीको आकर्षण यथावत्

त्रित्रि बहुमुखी कलेजप्रति विद्यार्थीको आकर्षण यथावत्
त्रिशूली प्रवाह
१ साल अगाडी

त्रिशूलीबजार । नुवाकोट जिल्लाको ग्रामीण भेगमा खुलेका अधिकांश क्याम्पस बन्द हुने क्रम चलिरहे पनि विदुर-१ त्रिशूली बजारस्थित त्रिभुवन त्रिशूली बहुमुखी कलेजप्रति भने विद्यार्थी र अभिभावकको आकर्षण यथावत् छ । विद्यार्थी तथा अभिभावकको मागअनुसार कलेजले तहगत कार्यक्रम विस्तार गर्दै लगिरहेको छ । कलेजमा नुवाकोटसहित रसुवा र धादिङका विद्यार्थी अध्ययनरत छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

वि.सं.२०६० मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर बिबिएस तहमा अध्यापनको स्वीकृति लिएर सञ्चालन भएको कलेजले पहिलो वर्ष वाणिज्य सङ्कायतर्फ बिबिएसको कक्षा सञ्चालन गरेको तथा वि.सं. २०६१ मा शिक्षाशास्त्र सङ्कायतर्फ बिएडको कक्षा सञ्चालन गरी शैक्षिक सत्र २०७०/०७१ देखि स्नातकोत्तर तहतर्फ व्यवस्थापन सङ्कायमा एमबिएसको कक्षा सञ्चालन गरेको थियो । कलेजले सीमित साधन र स्रोतको बाबजुद समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गरिरहेको कलेजका पूर्वविद्यार्थी पारस अधिकारीले बताए । उच्च शिक्षा अध्ययन गर्न काठमाडौँलगायत बाहिर जान नसक्ने निम्नआय भएका विद्यार्थीलाई न्यूनतम शुल्कमा कलेजले बिबिएस र बिएड तथा स्नातकोत्तरमा एमबिएस कक्षा सञ्चालन गरेकाले सहज र सहयोग पुगेको कलेज प्रमुख रीता पछाईले जिकिर गरिन् । कलेजमा हाल तीन सय ४५ विद्यार्थी अध्ययनरत रहेकामा एक सय ९५ व्यवस्थापन सङ्कायमा र एक सय ५० शिक्षा सङ्कायमा रहेको कलेजले जनाएको छ । बाइस प्राध्यापक र चार कर्मचारीबाट बिहानी सत्रमा सञ्चालन गरिएको कलेजका नाममा अहिलेसम्म जग्गा र भवन नरहेको सञ्चालक समितिका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

Suzuki New Bike & Scooter

विद्यार्थीको आकर्षण कायम रहेको सो कलेजको आफ्नै नाममा जग्गा नहुँदा त्रिविबाट भवन निर्माणका लागि पाउने वार्षिक अनुदानसमेत लिन नसकेको बताइएको छ । कलेजका लागि आवश्यक जग्गा नगरपालिकाले यसै वर्षभित्र व्यवस्थापन गर्न पहल गरिरहेको नगर प्रमुख राजनलाल श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । उच्च शिक्षामा सम्पूर्ण जिल्लावासीको सर्वसुलभ पहुँच होस् भन्ने उद्देश्यले त्रिभुवन त्रिशूली माविले उपलब्ध गराएको भवनमा स्थानीय शिक्षाप्रेमी–समाजसेवीको सहयोगमा कलेज स्थापना भएको संस्थापक कुलबहादुर खड्गीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह