+
Search

ताजा अपडेट +

पपुलर +

सौगात सहकारीको सर्वसम्वत नेतृत्व चयन

सौगात सहकारीको सर्वसम्वत नेतृत्व चयन
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार । नुवाकोट जिल्लाको विदुर नगरपालिका कार्यक्षेत्र रहेको सौगात बचत तथा ऋण सहकारी संस्था लि. विदुर नगरपालिका वडा नं २ बट्टारको शनिबार १५औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेंशन सम्पन्न भएको छ । अधिवेशनले पुनः रामप्रसाद अधिकारीको नेतृत्वमा सञ्चालक समिति सर्वसम्वत चयन गरेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

निर्वाचन समितिका संयोजक माधव लोहनीले दिएको जानकारीअनुसार सञ्चालक समितिको अध्यक्षमा रामप्रसाद अधिकारी, उपाध्यक्षमा सञ्जु तिमिल्सना, सचिवमा दिपकप्रसाद अधिकारी, कोषाध्यक्षमा रामप्रसाद रिमाल र सदस्यमा नवराज कोईराला, रामादेवी न्यौपाने, रमेश अधिकारी, रामजी भट्ट, केशवप्रसाद अधिकारी, कृष्णप्रसाद अधिकारी, रूकबहादुर ठकुरी हमाल सर्वसम्वत निर्वाचित भएका छन् । त्यसैगरी, लेखा समितिको संयोजकमा दिपकराज प्याकुरेल र सदस्यमा बन्दना रिमाल, किरण डंगोल रहेका छन् ।

Suzuki New Bike & Scooter

सोही दिन सहकारीको साधारणसभा तथा अधिवेशनको उद्घाटन जिल्ला सहकारी संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले गर्नुभएको थियो । सहकारी संस्था अहिले नियमन गर्ने निकाय नहुँदा स्वनियम गर्नु परिरहेको बताउनु भयो । अब सहकारीलाई व्यवस्थित गर्न प्राधीकरण आवश्यक रहेको समेत उहाँले बताउनु भयो । सो कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरणउत्सुक सापकोटा, विदुर नगरपालिका वडा नं ९ का अध्यक्ष एवं सौगात बचत तथा ऋण सहकारीका निवर्तमान अध्यक्ष हरिराम भण्डारी, जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं लेखा परीक्षक इन्द्रमणी गैरे, मुक्तिनाथ विकास बैंकका शाखा प्रबन्धक माधवप्रसाद अधिकारीलगायतले सौगात सहकारीको बित्तीय अवस्था कोषाध्यक्षको प्रतिवेदनअनुसार सन्तोषजनक रहेको बताएका थिए । कार्यक्रममा अध्यक्ष अधिकारी कोषाध्यक्ष रामप्रसाद रिमाल, लेखा समितिका संयोजक दिपकराज प्याकुरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित भएको व्यवस्थापक सरिता भट्टराईले बताउनु भयो ।

२०८१ असार मसान्तसम्म सहकारीमा ६ सय ९० शेयर सदस्य, रू २ करोड ६ लाख ८० हजार शेयरपुँजी रहेको सञ्चालक सदस्य नवराज कोईरालाले त्रिशूली प्रवाहलाई जानकारी दिनुभयो । सहकारीले गत आवमा बचत संकलन रू १८ करोड ९६ लाख ७ हजार २ सय १२ र रू ८ करोड ४१ लख १६ हजार ३ सय ३१ क्र्जा लगानी गरेको थियो । सोही आवमा सहकारीले ब्याज आम्दानी रू १ करोड १५ लाख १७ हजार ८ सय ६१ र बैंक ब्याज आम्दानी रू २ लाख ७२ हजार ८ सय ६४ सहित जम्मा आम्दानी रू १ करोड १७ लाख ९० हजार ७ सय २५ गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह