+
Search

ताजा अपडेट +

पपुलर +

एक हजार नमुना माटो सङ्कलन

एक हजार नमुना माटो सङ्कलन
तस्विर: सुनिल श्रेष्ठ
त्रिशूली प्रवाह
१ साल अगाडी

सुनील श्रेष्ठ, विदुर । बागमती प्रदेशमा विदुर नगरपालिकाले कृषकबाट अहिलेसम्मकै बढी नमुना माटो सङ्कलन गरेको छ । वार्षिक स्वीकृत कार्यक्रमअनुसार माटो परीक्षण शिविर सञ्चालन तथा आवश्यक ठाउँमा कृषिचुन वितरण कार्यक्रम सूचना जारी गरेसँगै नगरपालिकाका १३ वटै वडाका कृषकबाट एक हजार ४७ नमुना माटो सङ्कलन भएको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

शिविरबाट बागमती प्रदेशको माटो तथा मल परीक्षण प्रयोगशालाबाट प्राविधिक बोलाएर नगरपालिकाले निःशुल्क माटो परीक्षण गराएपछि कृषकलाई सहज भएको नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले बताए । सङ्कलित नमुनाको परीक्षणपश्चात् प्राप्त हुने नतिजाका आधारमा विश्व माटो दिवस मङ्सिर २० गते कृषकलाई निःशुल्क चुनसहित आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराइने नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

Suzuki New Bike & Scooter

घुम्ती प्रयोगशालामार्फत माटो परीक्षण शिविरमा बागमती प्रदेश, माटो तथा मल परीक्षण प्रयोगशालाका वरिष्ठ माटोविज्ञ डा. जनार्दन खड्कासहितको टोलीले मङ्सिर १७ देखि २० गतेसम्म नगर कार्यपालिकाको कार्यालयमा सङ्कलित नमुना माटोको परीक्षण गर्ने कृषि शाखाका प्रमुख मदनराज न्यौपानेले बताए ।

निःशुल्क माटो परीक्षण शिविरले आफूहरूलाई ठुलो राहत दिएको विदुर-३ पिपलडाँडाका दीपक अधिकारीले स्पष्ट गरे ।

माटाको नाइट्रोजन, फस्फोरस र पोटासियमको मात्रा तथा पिएच अवस्था अर्थात् अम्लीयपन, तटस्थ र क्षरीय भए/नभएको परीक्षणले देखाउने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह