विदुर । नुवाकोट जिल्ला, किस्पाङ गाउँपालिका-१ नुचेतमा निधन भएका दुई छोरासहित एक आमाको मृत्यु के कारणले भएको अझसम्म पत्ता लागेको छैन ।
आइतबार बिहान आफ्नै घरमा भित्रबाट आग्लो लगाएका अवस्थामा २४ वर्षीया चन्दीमाया तामाङ, उनका छोरा पाँच वर्षीय छोरा रोशन र तिन वर्षीय रोमन झुन्डिएका अवस्थामा भेटिएका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरी प्रमुखसहित पुगेर प्रारम्भिक अध्ययन गरिएको र थप तथ्यका सम्बन्धमा अनुसन्धान भइरहेको छ । बिहान १०ः३५ बजेतिर भएको सो घटनापूर्व चन्दीमायाका श्रीमान् रेसबहादुर घले घरमाथि रहेको बारीमा मटरकोसा टिप्न गएका थिए । घरमा रहेका परिवारका अन्य सदस्य आआफ्नै काममा व्यस्त भएका समयमा कक्षा १ मा अध्ययनरत रोशनलाई विद्यालयमा परीक्षा दिन पठाउनुपर्ने थियो । तर, खाना खाएर आफ्नो कोठामा पसेकी चन्दीमायाले दुई छोरासहित आफूले अकालमा प्राण त्यागेको घटनाका सम्बन्धमा प्रहरीले परिवारका सदस्य, माइती पक्ष र छिमेकीसँग बयान लिने एवं अनुसन्धान गर्ने क्रम जारी छ । शव परीक्षण भइसके पनि बुधबार साँझसम्म प्रतिवेदन आउन भने बाँकी रहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया