हेटौंडा । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्षमा मकवानपुरका पत्रकार कृष्णसारू मगरले उम्मेदवारी दिनुभएको छ । उम्मेदवारीको प्रचारप्रसार कार्यक्रममा पत्रकार मगरले श्रमजीवी पत्रकारका पक्षमा काम गर्न आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।
उहाँले महासङ्घको बामती प्रदेश महासचिवका रूपमा दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । आफ्नो १९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उहाँले पत्रकार कल्याण कोषको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बिमा, स्वास्थ्य परीक्षण, पत्रकारिता अध्ययनका लागि छात्रवृत्ति, स्वरोजगार स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन आदिमा जोड दिइने बताउनुभयो । त्यसैगरी बागमती प्रदेश समितिको भवन निर्माण, प्रदेशका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्न पहल, महिला पत्रकारलाई प्रोत्साहन, वरिष्ठ पत्रकारलाई सम्मान र बिट पत्रकारिताका लागि विशेष तालिमको आयोजना गर्न महासङ्घ प्रतिबद्ध रहने जनाउनुभयो ।






प्रतिक्रिया