+
Search

ताजा अपडेट +

पपुलर +

पहेँलो धातुसहित नियन्त्रणमा

पहेँलो धातुसहित नियन्त्रणमा
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । सुन जस्तो देखिने पहेलो धातुसहित एक मानिसलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय टिमुरे र प्रहरीचौकी रसुवागढी, रसुवा भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले मङ्सिर २३ गते जाँच गर्ने क्रममा रसुवा, गोसाइँकुण्ड–२ मा केरूङबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री गोसाइँकुण्ड–१ थुमन निवासी ४१ वर्षीय मिङमारछिरिङ तामाङलाई उनका साथबाट एक थान बेरूवा औँठी र कम्मरमा बाँध्ने छालाको जस्तो देखिने कम्मर पेटीको बकल सुन जस्तो देखिने पहेंलो धातुको बनाई बाहिर कालो रङ लेपन गरी हिँडेका अवस्थामा नियन्त्रणमा लिइएको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सो पहेंलो धातु अन्दाजी २४७ दशमलव ९७ ग्राम रहेको र त्यसको मूल्य रू ३१ लाख ८२ हजार पाँच सय ७० र ९६ पैसा छ । पहेंलो धातु र अभियुक्तलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि रसुवा भन्सार कार्यालय टिमुरे रसुवामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह