+
Search

ताजा अपडेट +

पपुलर +

पुस्तक तथा स्टेसनरी व्यवसायीको साधारणसभा सम्पन्न

पुस्तक तथा स्टेसनरी व्यवसायीको साधारणसभा सम्पन्न
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखा नुवाकोटको १५औँ वार्षिक साधारणसभा गत मङ्सिर २९ गते शनिबार सम्पन्न भएको छ ।

वनभोजसहित बेलकोटगढी नगरपालिका-१ महादेवफाँट त्रिशूली नदीको बगरमा भएको साधारणसभामा अध्यक्ष वासुदेव गजुरेल, कोषाध्यक्ष बच्चुप्रसाद लामिछाने र सचिव रामजी भट्टले प्रस्तुत गरेको प्रतिवेदन छलफल गरेर संशोधनसहित पारित भएको छ । शाखामा ५० जनाभन्दा बढी सदस्य रहेका छन् । विगतदेखि सर्दै आएको आर्थिक दायित्व सबै भुक्तानी गरी झन्डै रु. एक लाख खातामा जम्मा गर्न सफल भएको कोषाध्यक्ष लामिछानेले बताए । कार्यक्रममा महासङ्घका पूर्वकेन्द्रीय सदस्य रामकुमार ढकाल, बागमती प्रदेश सदस्य मीनकुमार खतिवडालगायत सहभागी रहेका थिए । जिल्लाभरि छरिएर रहेका सबै पुस्तक तथा स्टेसनरी व्यवसायीलाई सङ्गठित गरी व्यवसायीका हरेक समस्या समाधान गर्न जिल्ला शाखा लागिरहेको अध्यक्ष गजुरेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह