+
Search

ताजा अपडेट +

पपुलर +

अध्यक्ष र व्यवस्थापकलाई क्षमता अभिवृद्धि तालिम

अध्यक्ष र व्यवस्थापकलाई क्षमता अभिवृद्धि तालिम
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । राष्ट्रिय सहकारी बैंक लि. नुवाकोट शाखाको आयोजनामा नुवाकोट र रसुवा जिल्लामा क्रियाशील सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम गत मङ्सिर २७ गते बट्टारमा सम्पन्न भएको छ ।

सहकारी बैंकले निःशुल्क प्रदान गरेको एनसिबिएल सदस्य शिक्षा तथा मार्गदर्शन शृङ्खला-२ अन्तर्गतको तालिममा नुवाकोट र रसुवाका ३१ सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी ३९ जना सहभागी रहेको बैंकका नुवाकोट शाखा प्रमुख मिलन श्रेष्ठले जानकारी दिए । गत मङ्सिर २६ गते सुरु भएको तालिमको उद्घाटन कार्यक्रममा बैंकको नुवाकोट शाखा समन्वय समितिका संयोजक वैकुण्ठ मिश्र, जिल्ला सहकारी सङ्घका अध्यक्ष गोकर्णनाथ न्यौपानेलगायतको उपस्थिति रहेको थियो । दुईदिने तालिमको प्रशिक्षकमा नवकुमार अधिकारी प्रशिक्षण अधिकृत राष्ट्रिय सहकारी बैंक र कार्यक्रम सञ्चालन सहकारी बैंक नुवाकोट शाखाका सुजन दाहालले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह