+
Search

ताजा अपडेट +

पपुलर +

तरकारी खेतीबाटै सीताको वार्षिक पाँच लाख आम्दानी

तरकारी खेतीबाटै सीताको वार्षिक पाँच लाख आम्दानी
त्रिशूली प्रवाह
८ महिना अगाडी

धुन्चे । गाउँघरमै तरकारी खेती गरेर सहज जीवनयापन गर्न सक्ने उदाहरण बनेकी छिन् रसुवा जिल्ला कालिका गाउँपालिकाकी सीता न्यौपाने । उनले विगत २० वर्षदेखि निरन्तर अर्गानिक तरकारी खेती गर्दै आएकी छिन् । तरकारी खेतीबाटै वार्षिक रु. ५ लाख आम्दानी गरेको उनले बताएकी छिन् ।

जिल्लाको साबिकको धैबुङ गाविस–५ हालको कालिका गाउँपालिका–२ की सीताले मिहिनेत र परिश्रम गरेर गाउँटोलमा सफल महिला कृषकको पहिचान बनाएकी छिन् । युनिशामा कृषि फर्म दर्ता गरेर फूलगोभी, प्याज, आलु, गाजरलगायत मौसमी/बेमौसमी फलफूल खेती उनले आफ्नै जग्गामा गरिरहेकी छिन् । तरकारी बिक्री–वितरणको समस्या नपरेको उनलाई साथ र सहयोग दिइरहेका मोहनबहादुर न्यौपानेले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह