+
Search

ताजा अपडेट +

पपुलर +

तुप्चे, मदानपुर, घ्याङफेदी, भमरामा प्रहरी एकाइ स्थापनाको तयारी

तुप्चे, मदानपुर, घ्याङफेदी, भमरामा प्रहरी एकाइ स्थापनाको तयारी
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोट चालू आव २०८१/०८२ मा जिल्लाका पाँच स्थानमा स्थायी/अस्थायी प्रहरी एकाइ स्थापना गर्ने तयारीमा जुटेको छ ।

Utsuk Books & Stationery

शान्ति सुरक्षा छिटो/छरितो घरदैलोमा पुर्याउने उद्देश्यअनुसार कार्यालयले नगर प्रहरी कार्यालय विदुर-९ कोलोनीअन्तर्गत विदुर-७ तुप्चे, प्रहरीचौकी समुन्द्रटारअन्तर्गत घ्याङफेदी, तादी पुल प्रहरीचौकीअन्तर्गत बेलकोटगढी नगरपालिकाको मदानपुर, दाङसिंह प्रहरीचौकीअन्तर्गत तारकेश्वर गाउँपालिकाको भमरामा प्रहरी एकाइ स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । प्रस्तावित स्थानमा प्रहरी एकाइ स्थापना गर्न प्रहरी कर्मचारीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार व्यवस्थापन स्थानीय निकायमा सहयोगको प्रतिबद्धताका लागि पत्राचार गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । तुप्चेको अक्करेमा प्रहरीचौकी स्थापना गर्न विदुर नगरपालिका-७ ले सर्वदलीय, सर्वपक्षीय भेला गरी प्रहरीचौकी माग गर्ने निर्णय गरी नगरपालिकामार्फत जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइसकेको छ । वडाले प्रहरी कर्मचारीलाई आवश्यक पर्ने भौतिक पूर्वाधार व्यवस्थापन गर्न सुविधासम्पन्न सामुदायिक भवन उपलब्ध गराउने निर्णय भएको वडाध्यक्ष रविन्द्र नेपालले बताए । तुप्चेमा प्रहरीचौकी अति आवश्यक रहेकोसमेत उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह