+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेशस्तरीय खेलकुदमा रसुवालाई १४ पदक

बागमती प्रदेशस्तरीय खेलकुदमा रसुवालाई १४ पदक
त्रिशूली प्रवाह
१ घण्टा अगाडी

धुन्चे । रसुवा जिल्लाले तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता-२०८३ मा १४ पदक जितेको छ । खेलाडीले अत्यन्तै राम्रो खेल प्रस्तुत गर्दै दुई स्वर्ण, आठ रजत र चार कांस्यसहित कुल १४ पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विराज लोप्चनले जानकारी दिनुभयो ।

Utsuk Books & Stationery

प्रतियोगिताका १२ खेल विधामध्ये रसुवाले कराँते, फुलकन्ट्याक कराँते, तेक्वान्दो, बक्सिङ र जुडोमा पदक जितेको छ । प्रतियोगिताको कराँतेतर्फ दीपा स्याङ्बाले रजत तथा पासाङ ग्याल्जेन थोक्राले कांस्य पदक जितेका थिए भने तेक्वान्दोतर्फ सञ्जय तामाङ (८० केजी), मेनुका तामाङ (५३ केजी) र निष्मा तामाङ (७३ केजी तल)ले रजत पदक जितेका छन् । त्यसैगरी, कल्पना तामाङ (७३ केजीमाथि) ले कांस्य पदक जित्नुभयो भने बक्सिङतर्फ दिव्या लिम्बूले रजत तथा फुङ्लङ कम्बङ कांस्य पदक जित्न सफल हुनुभयो । फुलकन्ट्याक कराँतेतर्फ रमित महर्जनले स्वर्ण पदक जित्दै रसुवालाई पहिलो स्वर्ण दिलाउनुभयो । सोही विधामा सुप्रिया तामाङले रजत पदक जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु.२० हजार पुरस्कार जित्नुभयो । त्यस्तै, जुडोतर्फ सुनील नगरकोटीले स्वर्ण पदक जित्दै रसुवाको पदक सङ्ख्या बढाउनुभयो । जुडोतर्फ नै भुवन थापामगर र वीरबहादुर तामाङले रजत तथा सानुमाया तामाङले कांस्य पदक हात पार्न सफल हुनुभयो ।

जिल्लाले कराँते, तेक्वान्दो र बक्सिङमा पनि सफलता हात पारेको छ । कराँतेतर्फ दीपा स्याङ्बाले रजत तथा पासाङ ग्याल्जेन थोक्राले कांस्य पदक जित्नुभएको छ । तेक्वान्दोतर्फ सञ्जय तामाङ (८० केजी), मेनुका तामाङ (५३ केजी) र निष्मा तामाङ (७३ केजी तल) ले रजत पदक जित्नुभयो भने कल्पना तामाङ (७३ केजी माथि) ले कांस्य पदक हात पार्नुभयो । बक्सिङतर्फ दिव्या लिम्बूले रजत तथा फुङ्लङ कम्बङ कांस्य पदक जित्न सफल हुनुभयो । खेलाडीको मिहिनेत, प्रशिक्षकको समर्पण तथा सरोकारवालाको सहयोगका कारण रसुवाले प्रदेशस्तरीय प्रतियोगितामा सम्मानजनक नतिजा हासिल गरेको अध्यक्ष लोप्चनले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह