+
Search

ताजा अपडेट +

पपुलर +

सुत्केरीलाई ‘पोषण प्याकेज’ लिएर जनप्रतिनिधि र कर्मचारी घरदैलोमा

सुत्केरीलाई ‘पोषण प्याकेज’ लिएर जनप्रतिनिधि र कर्मचारी घरदैलोमा
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट जिल्लाका १२ पालिकामध्ये विदुर नगरपालिकाले घरमा सुत्केरी गराइने दरलाई शून्यमा ल्याउँदै जन्मदर्ता अभियान सफल बनाउन ‘सुनौलो हजारदिने आमालाई पोषण विशेष कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । नगरपालिकाले गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा जाँच गराई बर्थिङ सेन्टर (प्रसूतिगृह) मा सुत्केरी गराउन र सन्तान जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउन उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

नगरपालिकाका उपप्रमुख प्रभा बोगटीका अनुसार सुत्केरीलाई ‘पोषण विशेष कार्यक्रम’ मार्फत पोषण राहत प्याकेज उपलब्ध गराई पोषण र सरसफाइको महत्व बुझाउन थालिएको छ । उक्त सेवा लिन नवजातको जन्मदर्ता अनिवार्य गराई घटनादर्ता अभियानसँग सम्बद्ध गरिएको छ । प्रसूतिगृहमा सुत्केरी गराई नानी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई ‘पोषण प्याकेज’ प्रदान गर्न जनप्रतिनिधि र कर्मचारी उनीहरूका घरदैलोमा नै तथा नजिकैको स्वास्थ्य संस्थामा जान थालेका हुन् । गर्भावस्था र सुत्केरी समयमा पोषणसहितको सरसफाइको सावधानी एवं सचेतनासमेत जगाउन पोषण प्याकेज लिएर घरबस्तीमा जान थालिएको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिए । उनका अनुसार सुत्केरी हुने अवस्थामा हुन सक्ने जोखिम न्यूनीकरण, नियमित गर्भवती जाँच र सुत्केरीको स्याहारमा सहयोग पुर्याउन नगद र राहत प्याकेज कार्यक्रम एकैसाथ सञ्चालनमा ल्याइएको छ । ‘गर्भावस्थामा स्वास्थ्य संस्थामा नियमित जाँच गराई बर्थिङ सेन्टरमा सुत्केरी गराएमा ‘सुत्केरी स्याहार खर्च’बापत रु. तीन हजार नगद प्राप्त गर्नेछन्,’ उनले भने, ‘बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएमा उनीहरूको पायक पर्ने नजिकैको स्वास्थ्य संस्थामा पुगेर ‘सुत्केरी पोषण प्याकेज’ प्रदान गरिनेछ ।’ उक्त प्याकेजमा सुत्केरी अवस्थामा पोषणका लागि चाहिने घिउ, नरिवल, छोकडा, बदाम, दाल, गुँद, ठुलोऔषधिसहित सरसफाइसँग सम्बन्धित सामग्री समावेश छ ।

Suzuki New Bike & Scooter

सो अभियानअन्तर्गत वार्षिक दुईपटक मङ्सिर र जेठमा राखिएको हुँदा गर्भवती र सुत्केरीले जनप्रतिनिधिसँग प्रत्यक्ष अन्तक्रिया गर्ने कार्यक्रम मिलाइएको छ । पोषण प्याकेज लिएर स्वास्थ्यकर्मीको टोलीसँग जाने नगर प्रमुख राजनलाल श्रेष्ठ, उपप्रमुख बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलसहित सम्बन्धित वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्यले सुत्केरीसँग प्रत्यक्ष साक्षात्कार गर्ने, उनीहरूको गुनासो सुन्ने र सुझाव सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह