+
Search

ताजा अपडेट +

पपुलर +

जयगणेश सहकारीको अध्यक्षमा पुनः मिश्र

जयगणेश सहकारीको अध्यक्षमा पुनः मिश्र
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट जिल्लाको विदुरमा रहेको जयगणेश बहुउद्देश्यीय सहकारी संस्था लि. को १८औँ वार्षिक साधारणसभा शनिबार विदुरमा सम्पन्न भएको छ । सभाले पुनः वैकुण्ठ मिश्रलाई अध्यक्षमा र उपाध्यक्षमा ताराबहादुर कार्कीलाई चयन गरेको छ ।

साधारणसभाले मिश्रको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा कार्की, सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा शिवराम ढकाल चयन भएका छन् । सदस्यमा कुमारलाल श्रेष्ठ, नवदीप श्रेष्ठ, प्रकाशकुमार अधिकारी, दीपेन्द्र श्रेष्ठ, कालीगीता थापा चयन भएका छन् । लेखा समितिको संयोजकमा राजाराम ढकाल, सदस्यमा अरुणराज पाठक र विद्यानाथ न्यौपाने चयन भएका छन् । ऋण उपसमितिको संयोजकमा प्रकाशकुमार अधिकारी, सदस्यमा नारायण धमला र श्यामबहादुर तामाङ चयन भएका छन् । कार्यक्रममा सहकारीको गत आर्थिक वर्षको आय-व्ययको विवरणलगायत अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको संयोजकले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ ।

सहकारीमा चार सय ५० जना सेयर सदस्य रहेका छन् । सेयरपुँजी रु. दुई करोड ७० लाख ४९ हजार पाँच सय रहेको सहकारीमा बचत रकम रु. दुई करोड १६ लाख २६ हजार, कर्जा लगानी रु. पाँच करोड २० लाख २१ हजार र नाफा रु. चार लाख २७ हजार पाँच सय रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह