+
Search

ताजा अपडेट +

पपुलर +

बट्टार सहकारीमा ४२५ ऋणीमध्ये ३९१ असल ऋणी

बट्टार सहकारीमा ४२५ ऋणीमध्ये ३९१ असल ऋणी
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टारबजार । नुवाकोट जिल्लाको विदुर नगरपालिकाभरि कार्यक्षेत्र रहेको बट्टार सहकारी संस्था लि.ले गत महिना वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभामा ऋण लगानी गरेका चार सय २५ ऋणीमध्ये तीन सय ९१ असल ऋणी रहेको जानकारी गराएको छ । आव २०८०/०८१ को वार्षिक प्रतिवेदनअनुसार कुल ऋणीको सङ्ख्यामध्ये कमसल ऋणीको सङ्ख्या नभएको, खराब ऋणी सङ्ख्या ३४ मात्र रहेको ऋण लगानी तथा असुली उपसमितिका संयोजक मेनुका श्रेष्ठले जानकारी दिइन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सहकारीले गत मङ्सिर २२ गते २९औँ वार्षिक साधारणसभा गरेर आव २०८०/०८१ को आय-व्यय प्रतिवेदन पारित गरेको छ । महिला नौ सय सात, पुरुष एक हजार एक सय ८४, संस्थागत १५ सहित दुई हजार एक सय ६ सेयर सङ्ख्या रहेको सहकारीमा कुल सेयरपुँजी रु. ६ करोड २१ लाख एक हजार छ । अध्यक्ष टलकमान श्रेष्ठले सेयरपुँजी वृद्धिका लागि सदस्यलाई सेयर थप गर्न र नयाँ सदस्य विस्तारलाई निरन्तरता दिने प्रस्ताव सभाले पारित गरेको बताए । सभामा गत आव २०८०/०८१ मा सहकारीले गरेको कारोबारको लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज न्यौपानेले प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले अघिल्लो आव २०७९/०८० को निक्षेप रु. ४२ करोड २१ लाख ७२ हजार आठ सय ३४, आव २०८०/०८१ को निक्षेप सङ्कलन रु. ५८ करोड ६६ लाख ९९ हजार पाँच सय ७६ मध्ये रु. ९४ करोड २३ लाख २५ हजार दुई सय ३४ निक्षेप फिर्ता गरेको संयोजक न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, सहकारीले आव २०७९/०८० को ऋण बाँकी रु. ३३ करोड १५ लाख ४८ हजार तीन सय ६५ र आव २०८०/०८१ मा रु. ४४ करोड ८४ लाख ३४ हजार ऋण लगानी गरेको थियो । गत आव २०८०/०८१ मा सहकारीले ऋण फिर्ता रु. ४० करोड ६६ लाख ५० हजार ६ सय २५ गरेको छ । आव २०८०/०८१ मा सहकारीले रु. ६ करोड ९१ लाख ३२ हजार ३ सय ७६ आम्दानी गरी रु. ६ करोड ७४ लाख १६ हजार चार सय ७८ खर्च गरी खुदनाफा रु. १७ लाख १५ हजार आठ सय ९८ गरेको छ ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह