+
Search

ताजा अपडेट +

पपुलर +

प्रथम त्रैमासिक प्रगति समीक्षा सम्पन्न

प्रथम त्रैमासिक प्रगति समीक्षा सम्पन्न
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । जिल्ला समन्वय समितिको कार्यालय नुवाकोटले बागमती प्रदेश सरकारअन्तर्गत जिल्लामा रहेका कार्यालयले चालू आव २०८१/०८२ मा सम्पन्न गरेका वित्तीय, भौतिक र सामाजिक कार्यको समीक्षा गरेको छ ।

शुक्रबार सम्पन्न समीक्षा कार्यक्रममा जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाईंले प्रदेशअन्तर्गत जिल्ला रहेका कार्यालयले त्रैमासिकमा खर्च गरेको वित्तीय विवरण प्रस्तुत गरेका थिए । प्रदेश सरकारको बजेट प्राप्त गर्ने जिल्लाका १८ कार्यालयले चालू खर्च १४ दशमलव १ प्रतिशत र पुँजीगत खर्च २ दशमलव ७ प्रतिशत गरेको विवरण कार्यक्रममा प्रस्तुत गरिएको थियो । ती कार्यालयले प्राप्त गरेको रु.एक अर्ब ३० करोड ७४ लाख ८० हजार बजेटमध्ये त्रैमासिक रु.२६ करोड ३८ लाख ५३ हजार आठ सय १४ मात्र खर्च गरेका छन् । त्यसैगरी, पुँजीगत बजेट रु.दुर्ई अर्ब ९२ करोड ९९ लाख ८० हजार निकासा भएकोमध्ये रु. ६० करोड ६८ लाख तीन सय मात्र खर्च भएको छ । जिल्लामा रहेका १२ पालिकाले पनि चालू आवको पहिलो प्रथम चौमासिकमा पुँजीगत अर्थात् विकास बजेट खर्च सन्तोषजनक गर्न सकेका छैनन् । यो अवधिमा पालिकालाई प्राप्त पुँजीगत कुल बजेट रु.दुई अर्ब ५५ करोड ८६ लाख ७८ हजार आठ सय २० मध्ये ९७ करोड ९० लाख नौ हजार दुई सय ७७ मात्र खर्च भएको छ ।

पालिकाले कुल बजेटको यो अवधिमा तीन दशमलव ८३ प्रतिशत मात्र खर्च गरेका छन् । पुँजीगत खर्च गर्न नसकेका पालिकाले चालू बजेटको यो अवधिमा भने १७ दशमलव ८९ प्रतिशत खर्च गरेका छन् । पालिकाले यो अवधिमा कुल बजेट रु. ४४ अर्ब ५६ करोड २६ लाख दुई हजार ९७ बजेटमध्ये रु.७९ करोड ७१ लाख ६९ हजार दुई सय पाँच मात्र खर्च गरेका छन् । प्रदेशका मुख्यमख्त्री बहादुरसिंह लामा तामाङले उद्घाटन गरेको उक्त कार्यक्रममा समस्या, चुनौती र समाधानबारे समेत बृहत् छलफल भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह