+
Search

ताजा अपडेट +

पपुलर +

काफलगेडीको सेयरपुँजी वृद्धि

काफलगेडीको सेयरपुँजी वृद्धि
त्रिशूली प्रवाह
१ साल अगाडी

कोलनी । नुवाकोट जिल्लाको विदुर नगरपालिका–९ कोलनीमा रहेको काफलगेडी बचत तथा ऋण सहकारी संस्था लि. को सेयरपुँजी गत आवमा वृद्धि भएको छ । जिल्लामा सञ्चालनमा रहेका उत्कृष्ट सहकारीमा पर्ने काफलगेडीको आव २०७९/०८० को भन्दा आव २०८०/०८१ मा सेयरपुँजी रु. १५ लाख ११ हजार एक सय वृद्धि भएको छ ।

Utsuk Books & Stationery

सहकारीले शनिबार १७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । विदुर नगरपालिका सहकारी शाखा प्रमुख नानीमैया नेपालको प्रमुख आतिथ्यमा सम्पन्न सभामा अध्यक्ष हरिकृष्ण श्रेष्ठले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रदीप शाक्यले आय–व्यय प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक अनुज जोशीले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनहरू सभाले छलफल गरी केही संशोधनसहित पारित गरेको छ । वि.सं. २०६४ सालमा एक सय आठजना सेयर सदस्यबाट सञ्चालन भएको सहकारीमा आव २०८१ को असार मसान्तसम्म पुरुष सात सय एक र महिला चार सय ६९ गरी ११ सय ६० सेयर सदस्य रहेको सचिव सुमन अधिकारीले बताए । त्यसैगरी, सहकारीले गत आवको असार मसान्तसम्म सेयरपुँजी रु. दुई करोड पाँच लाख १३ हजार दुई सय पुर्याएको छ । अघिल्लो आव २०७९/०८० मा सहकारीको सेयरपुँजी रु. एक करोड ९० लाख दुई हजार एक सय रहेको थियो ।

विदुर नगरपालिका-९ मा सहकारीको नाममा रहेको साढे चार आना जग्गामा तीन वर्षअघि साढे तीन तलाको सुविधासम्पन्न भवनमा कार्यालय सञ्चालन गरिरहेको व्यवस्थापक यमनाथ भट्टले बताए । सहकारीले गत आवमा रु. १५ करोड ४२ लाख १८ हजार तीन सय १० नगद सङ्कलन, रु. तीन करोड ५० लाख ८२ हजार चार सय ७६ ऋण लगानी, रु. दुई करोड सात लाख ८५ हजार ६ सय ४० असुली गरेकासमेत व्यवस्थापक भट्टले जानकारी दिए । त्यसैगरी, सहकारीले चालू आव २०८१/०८२ को चार महिनामा रु. आठ करोड ५० लाखको कारोबार गरेको छ । यो अवधिमा रु. ३१ लाख ७० हजार दुई सय ६३ आम्दानी र रु. ३५ लाख १५ हजार दुई सय ८९ खर्च भएको छ । चालू आवको यो अवधिमा सहकारीमा रु. एक लाख सात हजार सेयर रकम फिर्ता र रु. ६ लाख ५४ हजार ६ सय सेयर रकम थप भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह