+
Search

ताजा अपडेट +

पपुलर +

आररूखर्क माविले मनायो स्वर्णजयन्ती

आररूखर्क माविले मनायो स्वर्णजयन्ती
त्रिशूली प्रवाह
१ साल अगाडी

बेलकोटगढी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका-१ मा रहेको आरूखर्क माध्यमिक विद्यालयले स्वर्णजयन्ती पुस ७ गते आइतबार मनाएको छ ।

विद्यालयको स्वर्णजयन्तीको अवसरमा प्रकाशित ‘आरूखर्क स्वर्ण पल्लवी स्मारिका’ विमोचनसमेत गरिएको थियो । विद्यालयले आफ्नो ५० वर्षे जन्मोत्सव विविध कार्यक्रम गरी वर्षभरि मनाउने जानकारी दिएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री तथा नुवाकोट जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ का सदस्य अर्जुननरसिंह केसीले उक्त स्मारिकाको विमोचन गर्दै विद्यालयको इतिहास र उपलब्धिलाई स्मरण गर्नुपर्ने बताए । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य केसीले विद्यालयभित्र राजनीति नभएर गुणस्तरीय शिक्षा प्रवाह गर्न आग्रह गरेका छन् । शिक्षाको महत्व र सामुदायिक सहभागिताबारे धारणा राख्दै शिक्षामा राजनीति प्रवेश गर्न नहुने उनको भनाइ थियो । बागमती प्रदेश सभा सदस्य रामप्रसाद ढुङ्गानाले विद्यालयको शैक्षिकस्तर उकास्न भवन निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरूङले नगरका ५४ विद्यालयको शिक्षास्तर उन्नति र दीर्घकालीन योजनाको खाका तयार गरी कार्यान्वयनको प्रक्रियामा रहेको बताएका छन् । बेलकोटगढी नगरपालिका-१ मा रहेको विद्यालयका प्रधानाध्यापक सुदर्शन खतिवडाले विद्यालयलाई नगरपालिकाको सर्वोत्कृष्ट विद्यालय बनाउन प्रतिबद्ध रहेको बताए । हाल दुई सय ५० जना विद्यार्थी अध्ययनरत रहेको सो विद्यालय वि.सं. २०३१ साल पुस ७ गते स्थापना भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह