तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १४ पुष २०८१, आईतवार १२:४७

नेपाली पत्रकारको नेतृत्व गर्न गत महिना केन्द्र, प्रदेश र जिल्लामा दलको झन्डा र डन्डाको नाङ्गो नाच प्रदर्शनी नबुझ्ने नागरिक कोही भएनन् । अरूको नराम्रो मात्र देख्ने र मन नपर्नेलाई खेद्ने संस्थाकै सदस्यता अवैध पो रे’छ गाँठे ! जिल्लामा काङ्ग्रेस, एमाले र माओवादीले कलमजीवीको सदस्यतामा भाग लगाए पनि अध्यक्षमा जितेका दुवैबाट नवीकरणको शुल्क केन्द्रले नपाएको तेस्रो आँखाले चाल पाइहाल्यो । अध्यक्षमा बराबर मत पाएर आलोपालो नेतृत्व गर्न तम्सिएका न्वाँकोटे सुवेदी र गजुरेलको पद लेबी नतिरेबापत धरापमा परेको पो देखियो । प्रेस युनियन र प्रेस सेन्टरनिकट तीन दर्जनको सदस्यता शुल्क जिल्लाको दायित्वमा राखेर निर्वाचन सम्पन्न भएको दुई हप्ता हुँदा पनि पठाउन आलटाल पो गर्छन् बा ! अन्तर्घात गरेर जिल्लाबाट प्रदेश अध्यक्षका उम्मेदवार देवकोटालाई हराउन कम्मर कस्नेहरू नै केन्द्रलाई उरालेर जिल्लाको निर्वाचन परिणाम उल्टाउन लागे भने अचम्म मान्नु नपर्ने त्रिनेत्रलाई लाइराख्या’ छ ।