जलवायु उत्थानोन्मुख

जलवायु उत्थानोन्मुख
त्रिशूली प्रवाह
७ महिना अगाडी

पारच्याङ । रसुवा जिल्ला, नौकुण्ड गाउँपालिकाले जलवायु अनुकूलन कार्यलाई सुदृढ पार्न स्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि गत मङ्सिर २३ गते जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

ग्यास महासङ्घ रसुवाका कोषाध्यक्ष गायत्री लामिछानेले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्य राष्ट्रिय सरोकारवालासँगको सहकार्यमा हरित जलवायु कोष, गण्डकी जलाधार, जलवायु उत्थानशील योजना क्षेत्र, स्थानीय तहलाई लोपोन्मुख समुदाय र पर्यावरणको जलवायु लचिलोपन सुधार गर्न, जलवायुसम्बन्धी प्रकोप, जोखिम न्यूनीकरण, विपत् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु संवेदनशीलता, जलवायुसंहिता आदिका लागि नागरिक समाजका प्रतिनिधिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नौकुण्ड स्थानीय महासङ्घका शारदा गुरुङ, गाउँपालिका अध्यक्ष नुर्पुसाङ्बो घले, उपाध्यक्ष चन्द्रबहादुर तामाङ र गाउँ कार्यकारिणी सदस्य सुमिना नेपालीलगायतले जलवायु परिवर्तनबाट सतर्क रहन आग्रह गरे ।

ग्यास महासङ्घ नेपाल जिल्ला शाखा रसुवाले आयोजना गरेको कार्यक्रमका सहजकर्ता हेमनाथ खतिवडाले जलवायु परिवर्तनका कारण र प्रभाव, नेपालले गरेका प्रयास, क्षेत्रीय अनुकूलन उपाय, जलवायुसम्बन्धी कोडिङ विधि, स्थानीय तहमा जलवायु परिवर्तनको समस्या, वातावरणलगायत विषयमा चर्चा गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह