+
Search

ताजा अपडेट +

पपुलर +

ट्राउट माछापालनसम्बन्धी तालिम

ट्राउट माछापालनसम्बन्धी तालिम
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । रसुवासहित पाँच जिल्लाका १६ जना माछापालन गरिरहेका किसानलाई ट्राउट माछापालनसम्बन्धी एकहप्ते तालिम पुस ७ गते आइतबार सम्पन्न भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र धुन्चे रसुवामा मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधाम धनुषाको आयोजनामा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बुका १६ जना माछापालक किसानको थप माछापालनमा सक्रियता होस् भन्नका लागि पुस २ देखि ७ गतेसम्म तालिम सञ्चालन गरिएको थियो । उक्त एकहप्ते तालिममा स्थल छनोट, दाना व्यवस्थापन, रोग व्यवस्थापन, प्रजनन विधिसम्बन्धी तालिम दिइएको प्रशिक्षक महेन्द्रप्रसाद भण्डारी, सबिता झा र विनिता आचार्यले जानकारी दिए । माछापालक कृषकलाई आवश्यकताअनुसार तालिम दिइरहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र धुन्चेका प्रमुख महेन्द्रप्रसाद भण्डारीले बताए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह