+
Search

ताजा अपडेट +

पपुलर +

साल्ट ट्रेडिङको बिक्री कक्ष सञ्चालन

साल्ट ट्रेडिङको बिक्री कक्ष सञ्चालन
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले विदुर-४ बट्टार बसपार्क मार्गमा सहुलियतदर बिक्री कक्ष पुस १ देखि सञ्चालन गरेको छ । कर्पाेरेसनले २०७० सालदेखि अनुदानको रासायनिक मलको बिक्री डिपो सञ्चालन गरेको थियो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

जिल्लामा रासायनिक मल मात्र बिक्री गरिरहेको डिपोले विगत दुई वर्षदेखि दसैँ, तिहार, छठ पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घसँग समन्वय गरेर जिल्लाको मुख्य बजार क्षेत्रमा सुपथ मूल्यको पसल सञ्चालन गरिरहेको थियो । जिल्लावासीको मागअनुसार कर्पाेरेसनले बिक्री गर्ने एसटिसी खाना पकाउने ग्याससहित दैनिक उपभोग्य खाद्य सामग्री बिक्री सुरु गरिएको निमित्त कार्यालय प्रमुख सन्देश महर्जनले जानकारी दिए । बिक्री कक्षमा नुन, चिनी, खानेतेल, घिउ, चामल, चिउरा, मैदा, आँटा, दाल, गेडागुडी, अदुवा, लसुन, मसला, लुगा धुने साबुनसहित ६७ प्रकारका सामान बजार मूल्यभन्दा केही सहुलियत दरमा बिक्री भइरहेको बताइएको छ । डिपोबाट वार्षिक ५० हजार बोरा रासायनिक मल र गैरअनुदानका फस्फोरस, जिंक, चिनीमलसमेत बिक्री गर्ने गरिएको जिन्सी प्रमुख प्रकाशचन्द्र उप्रेतीले बताए ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह