त्रिशूली सहकारीको अध्यक्षमा पुनः हरिलाल

त्रिशूली सहकारीको अध्यक्षमा पुनः हरिलाल
त्रिशूली प्रवाह
७ महिना अगाडी

ढुङ्गे । त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औँ साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले हरिलाल श्रेष्ठलाई अध्यक्षमा पुनः निर्विरोध चयन गरेको छ । श्रेष्ठको अध्यक्षतामा सात सदस्य कार्यसमितिसमेत निर्विरोध चयन भएको छ ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र अमात्य, सचिवमा राजेश श्रेष्ठ र कोषाध्यक्षमा हरिचन्द्र अमात्य र सदस्यमा सूर्यकुमार श्रेष्ठ, धनबहादुर श्रेष्ठ र ऋषिप्रसाद सापकोटा चयन भएका छन् । त्यसैगरी, केशवबहादुर श्रेष्ठको संयोजकत्वमा तेजु श्रेष्ठ जोशी र सरला प्रधान श्रेष्ठ सदस्य रहेको लेखा तथा सुपरिवेक्षण समिति चयन भएको छ । निर्वाचन अधिकृत प्रमुख अधिवक्ता गंगाराम खनालले निर्वाचित पदाधिकारी र सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले गरेका थिए । सो कार्यक्रममा सहकारीले ज्येष्ठ नागरिक १३ जनालाई नगद रु. पाँच हजार पाँचसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । सम्मानित हुनेमा नारायण मानन्धर, आनन्द शाक्य, प्रदीपरत्न शाक्य, कर्णशोभा शाक्य, उपेन्द्र अमात्य, नन्दकिशोर जोशी, प्रदीपकुमार जोन्छे, मुख्तार अहमद, ज्ञानीमाया बज्राचार्य, कमला अमात्य, लाटु कामी, दरिमाया श्रेष्ठ, रामप्रसाद खतिवडा रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह