+
Search

ताजा अपडेट +

पपुलर +

अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नुवाकोट र रसुवाको जिल्ला सुरक्षा समितिका पदाधिकारी सम्मिलित अन्तर जिल्ला सुरक्षा समन्वय बैठक पौष १२ गते शुक्रबार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सम्पन्न भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीकोे अध्यक्षतामा भएको बैठकमा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, नुवाकोट जिल्लामा तैनाथ शेर गण प्रमुख सेनानी विष्णु कार्की, नुवाकोट प्रहरी प्रमुख शान्तिराज कोइराला, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय नुवाकोटका प्रमुख दिपक उप्रेती, सशस्त्र प्रहरी वल नुवाकोटका निमित्त प्रमुख नारायण उप्रेती, नुवाकोटका सहायक प्रजिअ कृष्णप्रसाद हुमागाई र रसुवाका प्रहरी प्रमुख केशव भट्टराई, राष्ट्रिय अनुसन्धान प्रमुख मोहनप्रसाद आचार्य, सशस्त्र प्रहरी वल रसुवाका प्रमुख सन्तोष बानियाँ, सहायक प्रजिअ सरस्वती अधिकारी सहभागी बैठकले पूर्व बैठकबाट भएका निर्णय कार्यान्वयनको समीक्षा गरेको छ । बैठकलाई नियमित गर्ने गरी अन्तर जिल्ला सुरक्षा समन्वय तथा अपराध नियन्त्रण सहकार्य, लागू औषध नियन्त्रण तथा अन्य अवैध वस्तुको ओसार/पसार नियन्त्रणमा सहकार्य गर्ने निर्णय गरेको छ । राजमार्ग यातायात सुरक्षा, समन्वय तथा सहजीकरण, विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सहकार्य एवम् सहजीकरण खानीजन्य तथा नदीजन्य पदार्थको अवैध उत्खनन्, संकलन, प्रशोधन, भण्डारण तथा बिक्रि वितरण नियन्त्रण पूर्वाधार विकासका कार्यमा अन्तर–जिल्ला समन्वय एवम् सहजीकरण गर्ने गरी बैठक टुङ्गिएको नुवाकोटका सहायक प्रजिअ हुमागाईले जानकारी दिनुभयो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह