+
Search

ताजा अपडेट +

पपुलर +

टिमुरे सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा

टिमुरे सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
त्रिशूली प्रवाह
१ साल अगाडी

धुन्चे । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७० प्रतिशतभन्दा बढी पूरा भएको छ । चालू आव २०८१/०८२ भित्र सम्पन्न गर्ने गरी निर्माणको काम तीव्र रूपमा भइरहेको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले स्थलगत निरीक्षणपछि त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । भोटेकोशी बगरमा सात सय मिटर लामो र साढे पाँच मिटर अग्लो सिमेन्टको पिलरसहित तटबन्ध निर्माण, बन्दरगाह प्रवेश र त्यहाँबाट प्रस्थान गर्ने सहायकमार्गको निर्माण, बगर सम्याउने, गोदामका दुई भवन निर्माण भएका छन् । आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको जनाइएको छ । बन्दरगाहमा संयुक्त निरीक्षणस्थल, गोदाम भवन, तीन सय मालवाहक र एक सय साना सवारीसाधन पार्किङ गर्न सकिनेछ । बन्दरगाह सदरमुकाम धुन्चेदेखि २६ किलोमिटरको दूरीमा रहेको टिमुरे गाउँको भाटेकोशी किनारमा ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ मङ्सिर ४ गते शिलान्यास गरिएको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह